रुपन्देही पुर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा

उर्मिला यादव , ३०८  पटक हेरिएको

भैरहवा, असार ३१

रुपन्देही जिल्लालाई पुर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । पुर्ण खोप सुनिश्चित गर्ने राष्ट्रि«य निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आ.ब. २०८० र ८१ मा १६ महिनादेखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पुर्णखोप पाएको सुनिश्चितता गरिएपछि जिल्लालाई आइतबार भैरहवामा पुर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

पुर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्दै प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनमगरले बिगतको समयमा महामारीको रुपमा आउने सरूवा रोगलाई खोपको माध्यमबाट केही छिटपुट घटना बाहेक पूर्णरुपमा अन्त्य गरिएको बताउदै महामारीबाट हुने मृत्युको संख्यालाई घटाउन पूर्ण खोप दिगोपना सुनिश्चितता महत्वपूर्ण भएको बताउनु भएको छ ।

स्वास्थ्य मन्त्री पुनमगरले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गर्न खट्ने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका भएको भन्दै ‘सीमित बजेटका कारण स्वास्थ्य क्षेत्रमा अपेक्षित काम गर्न नसकेको बताउनु भयो । उहाले लुम्बिनी प्रदेशका केही जिल्लामा मात्र समस्याहरु रहेको बताउदै रुपन्देहीको दक्षिणी भेगमा अझै पनि समस्याहरु जरा गाडेर बसेको उल्लेख गर्नु भयो । स्वास्थ्यमन्त्री पुनले २१ औं शताब्दीमा आइपुग्दा पनि लुम्बिनी प्रदेशमा केही सुचांकहरु अझै पनि कमजोर रहेको बताउनु भयो । उहाले लुम्बिनी प्रदेशमा मातृमृत्युदर, बालमृत्युदर, डेंगु, कुपोषण, हात्तीपाइले लगायतका समस्याहरु उच्च भए पनि अझै पनि सुधार गर्न नसकिएको बताउनु भयो ।

यस्तै गरी जिल्ला पुर्ण खोप समन्वय समितीका सचिव तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले खोप कार्यक्रमले बालमृत्युदरमा उल्लेख्य कमी ल्याउन महत्वपुर्ण भुमिका खेलेको बताउदै यसले रोग लाग्नबाट बचाउन र रोगप्रतिरोधात्मक क्षमता बिकास गर्न मदत गरेको बताउनु भएको छ । उहाले रुपन्देही जिल्लालाई पहिलो पटक २०७३ माघ २१ गते पुर्णखोप जिल्लाको रुपमा घोषणा गर्दै प्रत्येक बर्ष यसलाई पुर्ण खोप दिगोपना सुनिश्चितता जिल्लाको रुपमा घोषणा गर्दै आइरहेको बताउनु भएको छ । उहाले रुपन्देही जिल्लाको १६ वटा स्थानिय तहमध्ये ३१८ खोपकेन्द्रबाट प्रत्येक महिना खोप दिदै आइरहेको बताउनु भयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ढकालले प्रत्येक स्थानिय तह र वडामा पुर्ण खोप अभियान संचालनको क्रममा १८ हजार ५ सय ३६ जना बालबालिकाहरुलाई खोप लगाएको र खोप लगाउन छुटेका ३ सय २४ जना बालबालिकालाई घरधुरी सर्वेक्षण गरेर खोप लगाएको बताउनु भएको छ । भने कुनै पनि खोप नलगाएको १ जना बालबालिकालाई पनि खोप लगाइएको जुन उपलब्धी भएको जानकारी दिनु भयो । उहाले रुपन्देहीमा आज सम्म आइपुग्दा कुनै पनि बालबालिका खोपबाट बन्चित नभएको बताउनु भयो । उहाले खोप कार्यक्रमले गर्दा बिभिन्न लक्ष्यहरु हासिल गरेको बताउदै बालमृत्युदरमा कमी आएको उल्लेख गर्नु भयो । उहाले धनुष्टंकारलाइ निवारण गरिएको बताउदै जिल्लामा पोलियो रोगको अवस्था शुन्य रहेको बताउनु भयो । उहाले रुपन्देही जिल्ला २०७३ सालमा पुर्ण खोप जिल्ल्ला घोषणा भए संगै प्रत्येक बर्ष पुर्ण खोप दिगोपना सुनिश्चितता गरिदै आएको र यसलाई निरन्तरता दिदै जाने बताउनु भएको छ ।


यस्तै गरी जिल्ला खोप समन्वय समिती रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइले रुपन्देही स्वास्थ्य क्षेत्रमा फड्को मारेको जिल्ला भएको बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशमा नै सबैभन्दा बढी स्थानिय तह भएको जिल्ला रुपन्देही भएकोले स्वास्थ्य क्षेत्रको सुधारका लागी भएको काम नै प्रशंसनीय रहेको बताउनु भएको छ । उहाले पालिका भित्र रहेका स्वास्थ्य स्वयम सेबिकाहरुको महत्वपुर्ण योगदानले नै आज रुपन्देही पुर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको बताउनु भयो ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले स्थानिय तहले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भएको छ । उहाले स्वास्थ्य राम्रो भए मात्र स्वस्थ समाजको परिकल्पना गर्न सकिने हुदा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नु भएको छ । नगरप्रमुख खानले स्वास्थ्य क्षेत्रमा आमुल परिर्वतन ल्याउन स्वास्थ्य स्वयसेबिकाहरुको महत्वपुर्ण भुमिका भएकोले सरकारले उनीहरुको श्रमलाई मुल्याकंन गर्नुपर्ने जोड दिनु भयो । नगरप्रमुख खानले स्थानिय तहमा भएका आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा दक्ष जनशक्ति र स्वास्थ्य सामाग्रीहरुको ब्यवस्थापन गरि गुणस्तरीय सेवा प्रदान गर्नका लागी स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण समेत गराउनु भएको थियो ।

जिल्ला खोप समन्वय समिती रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कंचन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतम , नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपाने, कंचन गाउपालिका अध्यक्ष नवराज ढकाल लगायतले शुभकामना मन्तब्य राख्दै पुर्ण खोप दिगोपना सुनिश्चितता गर्नका लागी हरेक वडा, पालिका, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसेबिकाहरु सक्रिय भएर यसलाई निरन्तरता दिदै लैजानुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा जिल्लालाई पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गर्ने कार्यमा महत्वपुर्ण योगदान पुरयाउने १६ वटै स्थानिय तहलाई प्रमाणपत्रले सम्मान गरिएको थियो भने प्रत्येक पालिकाका स्वास्थ्य शाखा प्रमुख, खोपकर्ता, खोप ढुवानीकर्ता, सामुदायिक स्वास्थ्य संस्थाका महिला स्वास्थ्य स्वयमसेबिका गरी प्रत्येक पालिकाबाट ६ जना स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । रुपन्देही जिल्ला २०७३ सालमा पुर्ण खोप जिल्ल्ला घोषणा भए संगै प्रत्येक बर्ष पुर्ण खोप दिगोपना सुनिश्चितता गरिदै आएको छ ।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : ११:१६:४८ , ४ महिना अगाडि