रुपन्देहीमा बिभिन्न मुद्धामा फरार रहेका २२ जना प्रतिवादीहरु पक्राउ

रुपन्देही खबर , ३००  पटक हेरिएको

भैरहवा, असार २९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न मुद्धामा फरार रहेका २२ जना प्रतिवादीहरु पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटका अनुसार पक्राउ पर्नेमा जालसाजी मुद्धामा तीन हजार ३७ रुपैया जरिवाना भएका कोटहीमाई गाउँपालिका वडा नम्बर ७ का रामवचन तिवारी, २०६६ साल बैशाख २२ गतेको फैसलाले सवारी ज्यान मुद्धामा २ हजार जरिवाना भएका कोटहीमाई ५ का कन्हई प्रसाद गडरिया, २०७१ जेठ २९ गतेको फैसलाले गाली बेइज्जति मुद्धामा ५० रुपैया जरिवाना भएका कोटहीमाई ६ का मिथिलेश यादव, २०६८ साल माघ २२ गतेको फैसलालेसम्बन्ध बिच्छेद मुद्धामा एक सय रुपैयाजरिवाना भएका कोटहीमाई ४ बस्ने सुरेश लोध, २०६७ साल माघ २८ गतेको फैसलाले खोटा चलन मुद्धामा तीन सय रुपैया जरिवाना भएका कोटहीमाई ६ बस्ने उमा शंकर दुवे, २०६२साल जेठ १७ गतेको फैसलाले गाली बेइज्जति मुद्धामा ५ सय रुपैया जरिवाना भएका मायादेवी ५ का गौरी कलवार, २०६२ साल जेठ १७ गतेको फैसलाले गाली बेइज्जति मुद्धामा ५ सय रुपैया जरिवाना भएका कोटहीमाई ६ का पुर्णवासी कलवार, २०६८ साल फागुन १८ गतेको फैसलाले जालसाजी मुद्धामा आठ सय १३ रुपैया जरिवाना भएकी मायादेवी ६ की यसोदा देवी कुर्मी, २०६९ साल असार ३१ गतेको फैसलाले लेनदेन मुद्धामा एक हजार जरिवाना भएका कोटहीमाई ४ का विश्वनाथ चाई,२०४० साल फागुन ०३ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा ३ बर्ष कैदसजाय भएका कोटहीमाई ४ का मोती तेली, २०६४ मंसिर १८ गतेको फैसलाले अंशवण्डा मुद्धामा ७ हजार २सय ४१ रुपैया जरिवाना भएका कोटहीमाई ३ का बिक्रम मिश्र, २०६४ मंसिर १८ गतेको फैसलाले अंशवण्डा मुद्धामा ७ हजार २ सय ४१ रुपैया जरिवाना भएका कोटहीमाई ३ की रमा शंकर मिश्र, २०६४ मंसिर १८ गतेको फैसलाले अंशवण्डा मुद्धामा ७ हजार २सय ४१ रुपैया जरिवाना भएका कोटहीमाई ३ का शिवशंकर मिश्र, २०६३ फागुन ३ गतेको फैसलाले गाली वेईज्जति मुद्धामा ५ सय रुपैया जरिवाना भएका कोटहीमाई ५ की उर्मिला लोध रहेका छन ।

यस्तै गरी प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले २०७२ साल माघ १२ गतेको फैसलाले सार्वजनिक मुद्धामा ५ हजार रुपैया जरिवाना भएका देवदह ८ का डोल बहादुर गुरुङ, २०५४ साल साउन ३० गतेको फैसलाले चोरी अन्य मुद्धामा तीन सय ६७ रुपैया जरिवाना भएका देवदह ७ का सोमन कुँवर, २०५० असार २७ गतेको फैसलाले चोरी अन्य मुद्धामा पाच सय ८ रुपैया जरिवाना भएका देवदह ९ का कान्छा कामी, २०६५साल बैशाख ३० गतेको फैसलाले कुटपिट मुद्धामा ५ सय रुपैया जरिवाना भएका देवदह ६ का कृष्ण बहादुर थापा, ।२०६४ साल माघ २ गतेको फैसलाले घुस मुद्धामा रु ३५ रुपैया जरिवानाभएका देवदह नगरपालिका वडा नं ११ बस्ने चन्दर थारु, २०७२ साल चैत १४ गतेको फैसलाले सार्वजनिक मुद्धामा एक सय रुपैया जरिवाना भएका देवदह नगरपालिका वडा नं ९ बस्ने सुमन पुन, २०७५ साल बैशाख २७ गतेको फैसलाले जालसाजी मुद्धामा रु२५ रुपैया जरिवाना भएका देवदह नगरपालिका वडा नं ८ बस्ने सिता सुवेदी, २०७५ बैशाख २७ गतेको फैसलाले जालसाजी मुद्धामा रु २५ रुपैया जरिवाना भएका देवदह नगरपालिका वडा नं ८ बस्ने दिपक सुवेदी, रहेका छन । प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरेको छ ।

प्रकाशित मिति: २०२४-०७-१३ , समय : २३:४६:३८ , ३ महिना अगाडि