लुम्बिनी प्रदेशमा ३८ अर्ब ९७ करोडको बजेट सार्वजनिक

रुपन्देही खबर , ३४४  पटक हेरिएको

भैरहवा ,असार १

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नु भएको हो । यो बजेट चालु आर्थिक वर्षको बजेट भन्दा १ अर्ब ५० करोड ९७ लाखले कमी छ । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजिगत तर्फ २४ अर्ब ५८ करोड ५९ लाख विनियोजन गरिएको छ।

मन्त्री आचार्यले प्रदेश संचित कोषबाट विनियोजन हुनेगरी ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश संचित कोषतर्फ व्ययभार हुनेगरी १ करोड ४ लाख रुपैयाँको बजेट व्यवस्था गरिएको बताउनु भएको छ ।

मन्त्री आचार्यले आगामी वर्षका लागि प्रदेशका सबै घरमा खानेपानीका धारा पुर्याउन एक घर एक धारा कार्यक्रमका लागि १ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०६-१५ , समय : १९:५३:३६ , ५ महिना अगाडि