सम्मरीमाइ गाउपालिकामा पालिका स्तरीय युवा संजाल गठन, अध्यक्षमा धर्मेन्द्र बरई

उर्मिला यादव यात्री , ४३१  पटक हेरिएको

मर्चवार, जेठ २७

रुपन्देहीको सम्मरीमाइ गाउपालिकामा पालिका स्तरीय युवा संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सि.डि.एम नेपाल रुपन्देहीको आयोजना तथा मिजेरियर .के जेड.ई .जर्मनी सम्मरीमाई गाउपालिकाको आर्थिक सहयोगमा आइतबार ११ सदस्यीय पालिका स्तरीय युवा संजाल गठन गरिएको हो । जसको अध्यक्षमा धमेन्द्र बरई, उपाध्यक्षमा ज्योती कुर्मी, सचिवमा तौलन चाइ, सहसचिवमा कुमारी मन्जु पासी र कोषाध्यक्षमा देवी प्रसाद चौधरी रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा राकेश भर, रामनयन यादव, दिपक बारी, पंकज यादव, मीना कुमारी कुर्मी र श्रवण गौड रहनु भएको छ ।
सि.डि.एम नेपाल रुपन्देहीका उपाध्यक्ष जगन्नाथ कुर्मीको अध्यक्षता तथा सम्मरीमाइ गाउपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको प्रमुख आतिथ्यता पालिका स्तरीय युवा संजाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै गाउपालिका अध्यक्ष श्रीवास्तवले नवगठित समितीलाई बधाइ दिदै एकताबद्ध भएर काम गर्न आग्रह गर्नु भएको छ । उहाले युवा नै देशका कर्णधार भएकोले पालिकाले युवा क्षेत्रको बिकासका लागी लगानी गर्दै आएको बताउनु भएको छ । यस्तै गरी सम्मरीमाइ गाउपालिका उपाध्यक्ष कुमारी प्रियका सिंहले बोल्दै सि.डि.एम नेपालले सम्मरीमाइ गाउपालिकाको अवस्थालाई मध्यनजर गर्दै युवाहरुको बिकासका लागी काम गर्दै आएको बताउनु भएको छ । उहाले गठन भएको युवा संजाललाई निरन्तरता दिन आग्रह गर्दै यसमा पालिकाले समेत सहयोग गर्ने बताउनु भएको छ । उहाले युवाको क्षेत्रमा काम गर्नका लागी गठित यो समितीलाई सशक्त बनाउदै लैजान आग्रह समेत गर्नु भएको छ ।

यस्तै गरी सि.डि.एम नेपाल रुपन्देहीका उपाध्यक्ष जगन्नाथ कुर्मीले बोल्दै नवगठित युवा संजालका समितीलाई सफलताको शुभकामना दिदै आगामी दिनमा युवाका हकअधिकारका लागी पालिका तथा वडा संग समन्वय गरेर काम गर्न आग्रह गर्नु भएको छ । उहाले सम्मरीमाइ गाउपालिकाको सबै वडालाई प्रतिनिधित्व गर्दै ११ सदस्यीय पालिका स्तरीय गठन भएको युवा संजालले आ आफनो वडाका युवाहरुसंग समन्वय सहकार्य गरेर अगाडी बढन सुझाव दिनु भएको छ ।

यस्तै गरी सम्मरीमाइ गाउपालिका वडा नम्बर १ का वडाध्यक्ष शिव कुमार यादवले नवगठित युवा संजाललाई एकताका साथ काम गर्न आग्रह गर्दै युवाहरुको हरेक काममा वडाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ । कार्यक्रममा सम्मरीमाइ गाउपालिका वडा नम्बर ३ का वडाध्यक्ष अदहम अली देवानले बोल्दै सम्मरीमाइमा युवा संजाल गठन हुनु खुसीको बिषय भएको बताउदै युवा संजालले नया योजनाका साथ काम गर्नुपर्ने बताउनु भएको छ । उहाले युवाहरुलाई अगाडी बढाउन वडा नम्बर ३ सहयोग गर्ने बताउदै हरेक वडामा यसरी नै युवा संजाल गठन गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सि.डि.एम नेपाल रुपन्देहीका मिल अफिसर गोबिन्द सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रम संचालन सि.डि.एम नेपाल रुपन्देहीका सामाजिक परिचालन अधिकृत दिपक क्षेत्रीले गर्नु भएको थियो । कार्र्यक्रममा सम्मरीमाइ गाउपालिकाका पदाधिकारी , स्थानिय युवाहरु लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०६-०९ , समय : २०:२७:४५ , ५ महिना अगाडि