रसिया पठाइदिने भन्दै १० लाख भन्दा बढी ठगी आरोपमा एकजना पक्राउ

रणधिर साह , २४२  पटक हेरिएको

रौतहट, जेठ २७

स्टुडेन्ट भिसामा रसिया पठाइदिन छै भन्दै ठगी गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा न्ं. २ बस्ने २३ वर्षका राहुलकुमार प्रजापति रहेका छन्।

पक्राउ परेका उनले स्टुडेन्ट भिसामा रसिया पठाइदिने भन्दै नेपालस्थित रसियन दूतावासबाट जारी भएको नक्कली कागजातहरू देखाएर प्रलोभनमा पारी आफ्नै टोलका जीतेन्द्रकुमार यादवसँग दश लाख सतासी हजार सात सय २० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

ठगी गरी विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका प्रजापतिलाई पक्राउ गरिएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिनु भएको छ।

पक्राउ परेका उनीविरुद्ध ठगी तथा अपराधिक लाभ समबन्धी कसुरमा जिल्ला अदालत रौतहट बाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रबक्ता गिरीले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०६-०९ , समय : १०:०३:०९ , ५ महिना अगाडि