उर्मिला यादव यात्री , ४७१ पटक हेरिएको
भैरहवा, जेठ २६
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ र १३ को आयोजना, सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोग तथा लुम्बिनी नेत्र बिज्ञान अध्यायन संस्थान तथा रिसर्च सेन्टर श्री रणअम्बिका शाह आखां अस्पतालको प्राबिधिक सहयोगमा निशुल्क आंखा स्वास्थ्य शिबिर सम्पन्न भएको हो । शिविरमा १५३ जनाले आँखा परीक्षण गराएका छन् ।
आँखा परिक्षण गराएका १५३ जनामध्ये ६ जनामा मोतियाबिन्दु देखिएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।
निशुल्क आखा शिबिरको उदघाटन गर्र्र्र्र्दै नगरप्रमुख इश्तियाक अहमद खानले सिद्धाथनगर नगरपालिका वडा नम्बर ५ र १३ ले संयुक्त रुपमा मिलेर वडाको नमुना काम गर्दै आएको बताउनु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म नै नगरले निशुल्क आंखा स्वास्थ्य शिबिर संचालन गर्दै आएको बताउनु भएको छ । उहाले नगरबासीहरुको आंखाको स्वास्थ्यलाई मध्यनजर गर्दै आंखा स्वास्थ्य शिबिर संचालन गर्दै आएको बताउनु भएको छ । उहाले रुपन्देही जिल्लाभरिमा नै सिद्धार्थनगर नगरपालिकामा सबैभन्दा कम बजेट आएको गुनासो गर्नु भएको छ । उहाले काठमांडौ पछिको दोस्रो सदरमुकामको रुपमा रहेको यस सिद्धार्थनगर नगरपालिकाको बिकासका लागी कम बजेट आउनु नै दुखद बिषय भएको बताउनु भएको छ । उहाले सरकारको ध्यान पार्टी बिशेषमा गएको बताउदै हचुवाको भरमा बजेट बिनियोजन नगर्न ध्यानाकर्षण गर्नु भएको छ । उहाले कुनै पनि क्षेत्रको बारेमा जानकारी नलिइ अन्धो सरह बजेट बिनियोजन गर्दा कुनै पनि क्षेत्रको समानुपातिक बिकास हुन नसक्ने दाबी गर्नु भएको छ ।
निःशुल्क आँखा स्वास्थ्य शिबिर कार्यक्रममा बोल्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले नगरबासीलाई स्वास्थ्यको क्षेत्रमा सचेत हुन आग्रह गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिका बिकास निमार्णका साथ साथै शिक्षा स्वास्थ्यमा बिशेष सचेत हुदै लगानी गरेको बताउनु भएको छ । उहाले शिबिरमा मोतिया बिन्दु भएका बिरामीहरुको निशुल्क अप्रेसन गरिने जानकारी दिनु भएको छ । उहाले मोतिया बिन्दु मात्र नभइ रतन्धो , जलबिन्दु जस्ता आखाको रोगहरुको लागी नगरपालिकाले निशुल्क सेवा प्रदान गर्न आग्रह गर्नु भएको छ । उहाले स्वास्थ्य क्षेत्रमा नगरले काम गर्दै आए पनि नगरका बिपन्न समुदायमा रहेका आखा सम्बन्धी यस्ता बिरामीहरुलाई सहयोग गर्नुपर्ने बताउनु भयो । वडाध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि वडाले स्वास्थ्य सम्बन्धी बिभिन्न किसिमका सेवासुबिधाहरु प्रदान गर्ने बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले आफनो वडा बासीहरुको जिबिकोपार्जन उकास्नका लागी बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको बताउनु भएको छ ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोम बहादुर गुरुंगले रणअम्बिका आखा अस्पतालको प्राबिधिक सहयोगमा वडा नम्बर ५ र १३ मा संचालित निशुल्क आखा स्वास्थ्य शिबिरको लाभ लिन वडाबासीमा अनुरोध गर्नु भएको छ । उहाले वडा नम्बर १३ ले शिक्षा र स्वास्थ्यलाई बिशेष ध्यानमा राखेर काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै लैजाने बताउनु भएको छ ।
समाजसेवी तथा युसी एमएसका जनसम्पर्क अधिकारी शुशिल गुरुंगले स्वस्थ आखाका लागी स्वस्थ जीवन शैली आवश्यक पर्ने बताउनु भएको छ । उहाले स्वस्थ जिवनका लागी हाम्रो जिवनशैली र खानपानमा बिशेष ध्यान दिन आग्रह गर्नु भएको छ । उहाले भौतिक बिकास संगै मानवीय बिकास गर्न पनि जरुरी रहेको बताउदै सिनपाका केही वडाले मानबिय बिकास संगै वडाबासीको जिवन उकास्ने खालका कामहरु गर्दै आएको बताउनु भयो । उहाले वडा कार्यालयहरुले सीपमुलक कार्यक्रम संगै लैंगिक प्रवद्र्धन खालका कार्यक्रमहरु लगायत शिक्षा क्षेत्रमा लगानी गरेको बताउनु भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ वडासदस्य सीता बुढाथोकीको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी नारायण प्रसाद अग्रवाल, अनिल गुरुंग, बरिष्ठ साहित्यकार बिजय गोबिन्द श्रेष्ठ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका अध्यक्ष कमल राज जोशी लगायतको बोल्दै बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा ज्ञानको अभाव, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली लगायतका कारण आँखामा समस्या आउने बताउनु भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गीता पोख्रेल न्यौपाने, सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा अधिकृत चेतनशील लम्साल, सिद्धार्थनगर नगरपालिकाको बरिष्ठ प्रशासकिय अधिकृत देव प्रसाद ज्ञवाली, मारवाडी सेवा संघका अध्यक्ष श्रवण कुमार बेरिवाल, मारवाडी युवा मंचका अध्यक्ष मनिष अग्रवाल, वडा नम्बर ५ का वडासदस्य किरण देवी सुनार, प्रेम नारायण तेली, बिनित कुमार बेरिवाल,वडा नम्बर १३ का सचिव मेक प्रसाद गुरुंग, वडा नम्बर ५ को सचिव बन्दना उपाध्याय लगायत सरोकारवाला ब्यक्तित्व, वडा नम्बर ५ र १३ का स्थानियहरुको सहभागितामा निशुल्क आंखा स्वास्थ्य शिबिर सम्पन्न भएको हो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ , वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन वडा नम्बर ५ को वडासदस्य सरस्वती श्रेष्ठले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०६-०८ , समय : १७:४५:४३ , ६ महिना अगाडि