उत्तमकुमार थापा , ५२७ पटक हेरिएको
बझाङ, असार ८
सुदुरपश्चिम प्रदेशकाे पहाडी जिल्ला बझाङकाे साईपाल गाउँपालीका अध्यक्ष मानविर बाेहराले साईपाल हिमालकाे काखैमा रहेकाे साईपाल गाउँपालीकाकाे बिकासलाई तिव्रता दिदै यहाँकाे पर्यटकीय सम्भावनालाई अगाडि बढाउनेमा जाेड दिने बताउनु भएको छ ।
सिताम्मे हिमालकाे काखैमा रहेकाे गाउँपालीकामा नवनिर्वनचित अध्यक्ष बाेहराले पछिल्लो समय सडक सञ्जाललाई पनि तिव्रता दिन सकिन्छ भन्ने उदेश्यका साथ काम भईरहेकाे बताउनु भएको छ ।हामी पहाडी जिल्ला बझाङका नागरिक हाै र हाम्रो गाउँपालीका साईपाल हुँदै सेती नदि सलल बग्ने गर्दछ अपर सम्भावना बाेकेकाे स्थानीयतहलाई अगाडि बढाउन स्थानीय बासिन्दाले पुर्ण सहयाेग गर्नेमा म दृढ रहेकाे छु अध्यक्ष बाेहराले भन्नु भयो ।
यहाँकाे बिकासलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा बिज्ञहरुसँग छलफल भएको बताउनु भएको छ ।
साथै नव निर्वाचित उपाध्यक्ष डाेल्मा तामाङले आफु महिला भएको नाताले दलित, पिछडिएका र सिमान्तकृत बर्गलाई पहिलो प्राथामिकतामा राख्दै सीप विकास तालिमबाट महिलाहरुलाइ आत्मनिर्भर बनाउनुकाे साथै,महिला हिंसा बालबिवाह अनत्य गर्न आफ्नाे महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।
उहाले तिब्बत नाका आफ्नै गाउँपालीका नजिकै पर्ने भएकोले सडक सञ्जाललाई नै जाेड्न पहल गर्नुपर्ने बताउनु भएको छ ।
प्रकाशित मिति: २०२२-०६-२२ , समय : १०:४४:५५ , २ वर्ष अगाडि