सिद्धार्थनगर नगरपालिकामा अवस्थित भैरहवा नमुना मा.बि.मा चारकोठे भवन शिलन्यास

उर्मिला यादव यात्री , १८३  पटक हेरिएको

भैरहवा, जेठ २३

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अवस्थित भैरहवा नमुना माध्यमिक बिद्यालयमा चार कोठे भवन आज बुधबार एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ द्धारा बिनियोजित ८ लाख रकमबाट बिद्यालयमा चार कोठे भवनको शिलन्यास गरिएको हो ।

भवनको शिलन्यास गर्दै नगरप्रमुख खानले नगरपालिकालाई एक ढिक्का मानेर हरेक वडाले काम गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले वडा भित्र पिछडिएको क्षेत्रको बिकास गर्न वडाबाट आएका बजेटबाट नै लगानी गर्न आग्रह गर्दै नगरको बिकासका लागी हरेक वडाबाट पहल गर्न अनुरोध गर्नु भएको छ । उहाले नगरभित्र स्वास्थ्य, शिक्षा, सडक, बाटोघाटो , नाला लगायतको आवश्यकता पहिचान गरी बिकासका काम गर्नुपर्ने बताउदै यसो गरे मात्र नगरको छुटटै पहिचान बनाउन सक्ने बताउनु भयो । उहाले भैरहवा नमुना मा.बि.को चारकोठे भवन निमार्णमा नगरले पनि सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

नगरप्रमुख खानले सिद्धार्थनगर नगरपालिकाको सरसफाइमा दिनरात खटिएको बताउदै नगरको फोहोर ब्यवस्थापन छिटटै गर्ने बताउनु भएको छ । उहाले शिक्षा नै सबैभन्दा ठुलो हतियार भएकोले शिक्षित जनता भए मात्र समाजलाई अगाडी डोरयाउन सकिने भएकोले हरेक बिद्यालयमा नैतिक शिक्षा दिनुपर्ने उल्लेख गर्नु भयो । उहाले शिक्षक नै बिद्यार्थीहरुको मार्गदर्शक भएकोले शिक्षक र बिद्यार्थी बिच आत्मिय भावना हुनुपर्ने जोड दिनु भयो । उहाले सिद्धार्थनगरलाई हराभरा बनाउनका लागी हरेक नागरिकलाई घरघरमा बोटबिरुवा रोप्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले आर्थिक बर्ष ८०÷८१ को बिनियोजित रकमबाट सिद्धार्थनगर ५ को वडा कार्यालयले चारकोठे भवनको लागी ८ लाख रुपैया छुटयाएको बताउनु भएको छ । उहाले चारकोठे भवन निमार्ण कार्यलाई पुर्णता दिनका लागी आगामी दिनमा पनि वडाबाट बजेट बिनियोजन गर्ने बताउनु भएको छ । उहाले नगरले शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने बताउदै यस नमुना मा.बि.को भौतिक ब्यवस्थापन देखि लिएर गुणस्तरीय शिक्षा प्रदान गर्नमा समेत नगरपालिकालाई आग्रह गर्नु भएको छ । वडाध्यक्ष श्रेष्ठले सिद्धार्थनगर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर कायम गर्नका लागी अनुगमन समेत गर्दै आएको बताउनु भएको छ । उहाले शिक्षा क्षेत्रको बिकासका लागी वडा नम्बर ५ को कार्यालय सधै सकरात्मक रहेको बताउदै यसमा हरेक वडाले सहयोग गर्नुपर्ने उल्लेख गर्नु भयो ।

यस्तै गरी सिनपा वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगले वडा नम्बर १३ ले युवा लक्षित कार्यक्रम, महिलाहरुलाई आर्थिक क्षेत्रमा आत्मनिर्भर बनाउने उदेश्यका साथ बिभिन्न किसिमका सिपमुलक तालिमहरु समेत प्रदान गर्दै रोजगारी संग जोडदै आएको बताउनु भएको छ । उहाले नगरपालिकाले राम्रा कामहरु गर्र्र्र्दै आएकोले नगरपालिका धेरै कुरामा अगाडी बढेको बताउनु भएको छ । उहाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा वडा नम्बर १३ ले बिभिन्न किसिमका कामहरु गर्दै आएको र यस बिद्यालयको बिकासमा समेत सधै हातेमालो गर्दै अगाडी बढने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ताले बिद्यालयमा बिगत भन्दा धेरै सुधार भएको बताउनु भएको छ । उहाले प्रयास गरे जे पनि सम्भव रहेको बताउदै आफुले बिद्यालयको बिकासका लागी सधै प्रयासरत नै रहेको उल्लेख गर्नु भयो । उहाले निजी बिद्यालय भन्दा सरकारी बिद्यालय पनि कम नरहेको बताउदै यस बिद्यालयले अब्बल र सक्षम बिद्यार्थी र नागरिक उत्पादन गरेकोले गर्व गर्नुपर्ने बताउनु भएको छ । उहाले सिनपा वडा नम्बर ५ ले यस बिद्यालयमा निरन्तर सहयोग गर्दै आएकोले धन्यवाद दिदै यसरी नै सहयोगका हातहरु बढाइरहन आग्रह समेत गर्नु भएको थियो ।

यस्तै गरी कार्यक्रममा बोल्दै भैरहवा नमुना मा.बि.का प्राचार्य चुन्नु प्रसाद पाण्डेले वडा नम्बर ५ ले यस बिद्यालयमा निरन्तर सहयोग गर्दै आएको बताउनु भएको छ । उहाले बिद्यालयमा निमार्ण हुन गैरहेको चार कोठे भवनले बिद्यार्थीहरुको पठनपाठनमा झन सहजता थप्ने बताउनु भएको छ । उहाले नगरपालिकाको मुटमा रहेको यस नमुना माबिको शैक्षिक बिकासका लागी नगरपालिकाबाट अझै यस्तै सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

बिद्यालय ब्यवस्थापन समितीका पुर्व अध्यक्ष तथा बिद्यालयका संरक्षक नारायण प्रसाद अग्रवालले बिद्यालयको बिकासको लागी आफुले देखेको सपना साकार हुदै गएको बताउनु भएको छ । उहाले शैक्षिक क्षेत्रको बिकासका लागी वडा, नगरपालिका लगायत सबैले एक एक इट थप्दै गएकोले भैरहवा नमुना माबि नमुना बिद्यालयको रुपमा नै परिचित हुदै गैरहेको बताउनु भयो ।

कार्यक्रममा भैरहवा नमुना क्याम्पसका प्रमुख तुलानाथ अर्याल, सामुदायिक प्रहरी वडा नम्बर ५, १२, १३ का अध्यक्ष गोबिन्द प्रसाद बस्याल, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्र्रमुख उपसचिव चेतनशील लम्साल, बरिष्ठ साहित्यकार बिजय सागर, समाजसेवी बाबुलाल यादव, भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक तथा समाजसेवी शम्भु प्रसाद गुप्ता लगायतले बोल्दै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी नगरले काम गर्नुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा सिनपा वडा नम्बर ५ का वडासदस्य बिनित बेरिवाल, सरस्वती श्रेष्ठ , किरणदेवी सुनार, प्रेम नारायण गुप्ता, सिनपा वडा नम्बर ३ का वडाध्यक्ष नारायण प्रसाद उपाध्याय, सामुदायिक प्रहरीका शान्ता थापा, बिद्यालय ब्यपस्थापन समितीकका सदस्यहरु अमित गुप्ता, प्रियंका जयसवाल, समाजसेवी ब्यक्तित्व सुरेश कर्ण त्रिपाठी लगायत सरोकारवाला ब्यक्तित्व लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भैरहवा नमुना माबि ब्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ताको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा बिद्यालयको चार कोठे भवन शिलन्यास गरिएको थियो भने कार्यक्रम संचालन छेदी प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०६-०५ , समय : २२:५०:४८ , ६ महिना अगाडि