रुपन्देही प्रहरीद्धारा ५ वटा मोटरसाइकल सहित अबैध सामान नियन्त्रण

रुपन्देही खबर , ३४१  पटक हेरिएको

भैरहवा, जेठ २३

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ५ वटा मोटरसाइकल सहित तीन लाख ३८ हजार ६ सय रुपैया मुल्य बराबरको अबैध सामान नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा तेल २७ कार्टुन, चिनी १८ बोरा, दाल २ बोरा, टायल, बिस्कुट, कपुर लगायतका किराना सामानहरु र बोईलर कुखरा ४८ वटा नियन्त्रणमा लिएको हो ।

प्रहरीले लु ९ प ६७४०, लु १७ प ८६२३, लु ७ प २०६४, लु ८ प ५२३९ र लु ६ प २०७९ को मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएको सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०६-०५ , समय : ११:२८:३० , ५ महिना अगाडि