रामग्राममा जलवायु परिवर्तन सम्बन्धित सचेतना गाेष्ठी कार्यक्रम सुरु 

सुरेश यादव , १७६  पटक हेरिएको

नवलपरासी,जेठ २२

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं४ राधाकृष्ण मन्दिर बैरिहवामा जलवायु परिवर्तन सम्बन्धित सचेतना कार्यक्रम विश्व वातावरण दिवसकाे अवसरमा मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ रमावापुरकाे आयोजनामा आज सुरु भएकाे छ ।

वन समुहका अध्यक्ष यज्ञप्रसाद पाण्डेकाे अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपरासीका डिभिजन वन अधिकृत महेन्द्रराज वाग्लेकाे प्रमुख आतिथ्यतामा सुरु भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वाग्लेले व्यापक रुपमा वन जङ्गल फडानी भई रहेकाे अवस्थामा त्यसलाई राेक थाम गर्न सबै लाग्नु पर्ने बताउनुभयाे । जलवायु परिवर्तन राेक्न वृक्षारोपण र वन जङ्गल संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयाे । 

गाेष्ठी कार्यक्रममा रामग्राम ४ का वडा अध्यक्ष मदन यादव,वरिष्ठ वन अधिकृत पुर्ण प्रसाद ढकाल,वन समुहका उपाध्यक्ष तथा रामग्राम ४ का वडा सदस्य प्रभु लाल माैर्य लगायतले बाेल्नु भएकाे गाेष्ठीमा जलवायु परिवर्तन विज्ञ सुदर्शन खरवार र विशाखा चाैधरीले आज र भाेलि २ दिन प्रसिक्षण दिने कार्यक्रम संचालिका समीक्षा सिगंजापतिले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: २०२४-०६-०४ , समय : १५:५३:४१ , ६ महिना अगाडि