हानिकारक सामाजिक मुल्य मान्यताहरु परिवर्तन गर्नका लागि सराेकारवाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनी राम कोरी , ३४१  पटक हेरिएको

कपिलवस्तु असार ७

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ काे वडा कार्यालयमा “विभेद रहित समतामूलक समाज निर्माण ” भन्ने मुल नाराका साथ हानिकारक सामाजिक मुल्य मान्यताहरु परिवर्तन गर्नका लागि सराेकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सामाजिक मुल्य मान्यताहरु केके छन ? समाजलाई अगाडि बढाउन कुनकुन सामाजिक मुल्य मान्यताले अवरोध गर्छ ? , सामाजिक मुल्य मान्यतालाई कुनकुन तत्वले प्रेरित गर्छ ? , मुल्य मान्यताले कसरी व्यक्ति , समुदाय असर पर्छ ? र हानिकारक सामाजिक मुल्य मान्यताहरु विरुद्ध नेपाल सरकारले के कस्तो निति कानुन रहेको छ भन्ने विषयहरुमा सराेकारवालाहरु संग अन्तरक्रिया गरिएको हो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का
वडाअध्यक्ष रवेन्द्र प्रसाद तिवारीले समाजमा रहेका कुसंस्कारलाई हामी सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ । उहाले हानिकारक सामाजिक मुल्य मान्यता नियन्त्रण गर्नकाे लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनु भएको छ ।


उहाले सबैले आ-आफ्नाे ठाउँबाट नराम्रो व्यवहार , संस्कार , विचार परिवर्तन गर्नु पर्ने बताउनु भयो ।बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिनुपर्ने बताउदै वडा कार्यालयबाट आफु हरबखत सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

दलित सामाजिक विकास केन्द्र र आइ.एम. स्वीडिस डेभलपमेन्ट पार्टनरकाे संयुक्त साझेदारीमा संचालित हाम्रो शक्ति परियोजना अन्तर्गत हानिकारक सामाजिक मुल्य मान्यताहरु परिवर्तनका लागि सराेकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा गरिएको हो ।

उक्त कार्यक्रममा वडा अध्यक्ष रवेन्द्र प्रसाद तिवारी , स्वास्थ चाैकी पिपरीका इन्चार्ज दीनदयाल रैदास , वडा सचिव सविता ज्ञवाली , महुली हाेम रुपान्तरण कार्यक्रमका कार्यक्रम संयाेजक रिखीराम निगम, हाम्रो शक्ति परियाेजनाका संयाेजक अमिता गाैड , आधारभूत विद्यालय पिपरीका प्रा.अ मुकुन्द राज सिग्देल , परशुराम निगम , वडा सदस्यहरु रामरक्षा यादव , महेश प्रसाद कुर्मी , सुनिता बनिया , सिमा पासी , किशाेर किशाेरीहरु लगायत अन्य व्यक्तिहरुकाे पनि सहभागीता रहेको थियो । कार्यक्रम संचालन राजकुमार गाैतमले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०६-२१ , समय : २०:५०:२५ , २ वर्ष अगाडि