बालिकालाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिला पक्राउ

रुपन्देही खबर , ४०७  पटक हेरिएको

सन्धिखर्क , असार ७

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बस्ने १४ वर्षकी बालिकालाई हजुर आमा नाता पर्ने ४० वर्षीय महिलालाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको घर परिवारलाई पनि जानकारी नगराई चाउचाउ, विस्कुट खुवाउने आस्वासन तथा लोभलालच देखाई यहि जेठ १ गते महिलाको घरमा र त्यसपछी पनि जंगल लगायत विभिन्न स्थानमा लगि सितगंगा नगरपालिका वडा नं. १४ का २२ वर्षीय ओम प्रकाश न्यौपानेबाट जवरजस्ती करणी गराई पैसा सेमत लिएको आरोपमा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले जानकारी दिनु भएको छ ।

ति बालिकाले कक्षा ६ मा अध्ययन गर्ने गरेको तर केही समय देखि विद्यालय जान छाडेको र उनि हजुर आमा सँगै बस्दै आएकोमा घरमा समेत बेला बेलामा बेपत्ता भई मध्य रातसम्म घर बाहिर रहने गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले उक्त घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा पाइएको जनाएको छ ।

यस्तै पिडितलाई उक्त कार्य कोही कसैलाई जानकारी गराएमा कुटपिट गर्ने, ज्यान मार्ने समेतको धम्की दिने गरेको पिडितले बताएका छन् ।

पक्राउ परेकालाई मानव बेचविखान तथा ओसार पोसार र जवरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत पेस गरिएकोमा ६ दिन म्याद भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०६-२१ , समय : १९:४८:२९ , २ वर्ष अगाडि