सुनवलमा नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगिता सुरु

उर्मिला यादव यात्री , २९४  पटक हेरिएको

सुनवल, जेठ १२

नवलपरासी जिल्ला फुटवल संघ सुनवल १३ नवलपरासीको आयोजनामा शुक्रबारदेखी सुनवल ३ किर्तिपुरमा नवलपरासी जिल्ला लिग ए डिभिजन अन्तरक्लब फुटवल प्रतियोगिता २०८०।८१ सुरु भएको छ । नवलपरासी जिल्ला फुटवल संघका अध्यक्ष ज्ञानु गुरुंगको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरउपप्रमुख सुर्य दुबेको प्रमुख आतिथ्यतामा फुटवल प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी दुबेले खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय तहमा हुने हरेक कार्यक्रममा युवालाई सहभागी बनाएर राष्ट्रिय खेलाडी उत्पादन गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिनुभएको छ । उहाले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेलको विकासमा थप टेवा पुग्ने बताउनुभएको छ ।

कार्यक्रममा बिशिष्ठ अतिथी अखिल नेपाल फुटवल संघका पुर्व केन्द्रिय सहमहासचिव तथा नवलपरासी फुटवल संघका पुर्वअध्यक्ष प्रकाश पंगेनी , बर्दघाट नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष तथा लुम्बिनी प्रदेश फुटबल संघका महासचिव भिम काजी गुरुंग लगायतको सहभागिता रहेको थियो भने नवलपरासी जिल्ला फुटवल संघका महासचिव सुबिन्द्र कवरयोगीले कार्यक्रम संचालक गर्र्नु भएको थियो ।

शुक्रबार पहिलो दिनको खेलमा जेनिथ युथ क्लब किर्तीपुर र राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान बिच भएको प्रतिस्पधात्मक खेलमा राइजिंग स्टारले २ गोल गरेको छ भने जेनिथ युथ क्लबले गोल गर्न सकेन । पहिलो खेलमा राजिंग स्टारले २ गोलले बिजयी भएको छ भने पहिलो दिन नै भएको दोस्रो खेलमा मनकामना युवा क्लब सुनवल १० गैडाखाल र फोर ब्रर्दश सरावल बिच भएको खेलमा मनकामना युवा क्लबले १ गोल गरेको छ भने फोर ब्रर्दश सरावल २ गोल गर्दै बिजयी भएको नवलपरासी जिल्ला फुटवल संघका महासचिव सुबिन्द्र कवरयोगीले जानकारी दिनु भएको छ । यस्तै गरी शनिबार पहिलो खेल जन ज्योती क्लब हर्दिया र भैरव स्पोटिंगयुवा क्लब भुताहा बिच दिउसो ४ बजे खेल हुने आयोजकले जनाएको छ भने आजै हुने दोस्रो खेल ।्् सुर्य ज्योती युवा क्लब चिसापानी र बिग बुद्ध युथ क्लब बिसासय बिच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-२५ , समय : ०८:४९:४३ , ६ महिना अगाडि