योग तथा स्वास्थ्य जीवनशैली सम्बन्धि अभिमुखिकरण कार्यक्रम

रुपन्देही खबर , २९७  पटक हेरिएको

कपिलवस्तु,जेठ ५

स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा दुई दिने नागरिक आरोग्य अभियान अन्तर्गत योग तथा स्वास्थ्य जीवन शैली सम्बंधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। 

कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता , कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । वडा नं १० को सहयोग तथा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरको आयोजनामा जेष्ठ ४ र ५ गते कार्यक्रम संचालन गरिएको थियो। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले दिर्घकालिन रोग, अन्य विभिन्न प्रकारका रोग नियन्त्रण गर्न जीवनशैलीमा सुधार तथा दैनिक योग नितान्त आवश्यक रहेको बताउनुभयो।

नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर मिश्रले सहभागीहरूलाई दुई दिने अभिमुखिकरण तालिमको सदुपयोग गर्न आग्रह गर्नु भएको छ । उहाले जीवनशैली सम्बन्धि ज्ञान, सीप तथा योगलाई आफ्नो स्वास्थ्यको जिम्मेवारी आफै भनेर आत्मसात गरि दैनिक जीवनमा लागू गर्नुपर्ने अन्यथा दिर्घकालिन रोगको स्थित लाई नियन्त्रण गर्न गार्हो हुने बताउनु भएको थियो । आफ्नो वडामा नागरिकको स्वास्थ्य सुधार हुनु पर्ने भावना राखि कार्यक्रम संचालन गरेकोमा वडाध्यक्ष हरिपाल चतुर्वेदी लाई धन्यवाद समेत दिनु भएको थियो ।

कार्यक्रममा सहभागीलाई डा. अशिष चौधरी, योग प्रशिक्षक वरिष्ठ कविराज हरिलाल उपाध्याय  लगायतका प्रशिक्षकहरुले योग ध्यान गराउनुका साथै जीवनशैली व्यवस्थापन, आहार विहार, दिनचर्या, ऋतुचर्या, योग र योगको महत्व गाँउघरमा पाउने जडीबुटीको संरक्षण तथा प्रयोग लगायत सम्बन्धि प्रशिक्षण दिनु भएको थियो।

प्रकाशित मिति: २०२४-०५-१९ , समय : १३:४३:४४ , ६ महिना अगाडि