पार्वती थारु , २७१ पटक हेरिएको
तिलोत्तमा, जेठ ५
लुम्बिनी स्पोर्ट्स क्लबको छैठौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने, ब्याडमिन्टन एकेडेमीलाई निरन्तरता दिने, लगायत विभिन्न सामाजिक कार्यमा क्रियाशील हुने र क्लबको भौतिक निर्माणलाई निरन्तरता दिने कार्यक्रम सहित १५ बुँदे संकल्प प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष आश्विन पौडेलको प्रमुख आतिथ्यता रहेको सभामा वडा सदस्य भुपाल छन्त्याल, लिलादेबी छ्न्त्याल र सम्झना परियारको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका लेखा समितिका संयोजक कमल थापा मगर लुम्बिनी बौद्ध बिश्वविद्यालयको सहायक प्राध्यापकमा चयन हुनुभएकोमा सम्मान पत्र मार्फत सम्मान गरिएको थियो ।
त्यस्तै कोषाध्यक्ष खेम पुन अधिवक्ता हुनु भएकोमा प्रशंसा पत्र र खेलाडीहरु सुमित पुन नर्सिङ बुढा नीर राना र बलराम पन्थिलाई स्थानीय प्रादेशिक र राष्ट्रिय प्रतियोगितामा विभिन्न स्थान लिएकोमा कदर पत्रबाट सम्मान गरिएको थियो । क्लबको प्रतिबेदन क्लबका सचिब बिस्णु दगामिले प्रस्तुत गर्नु भएको थियो। भने उपाध्यक्ष राजेन्द्र गुरुङको स्वागत रहेको कार्यक्रममा क्लबका अध्यक्ष प्रत्तबहादुर पुनको अध्यक्षता तथा कार्यक्रम संचालन सचिब बिष्णु दगामिले गर्नु भएको थियो ।
यसैगरी क्लबको छैठौ साधारणसभा सभाको अवसरमा अन्तर क्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जसमा ४५ बर्ष भन्दा माथी समुहमा होम बहादुर छन्त्याल र झम बहादुर दर्मामिको जोडि प्रथम, माधुम पुलामी र छवि रोक्काको जोडि दोस्रो, ४५ बर्ष भन्दा मुनिको समुहमा लेलिन राना र बिबेक क्षेत्रीको जोडि प्रथम, नर्सिङ बुढा र राजेस गुरुङको जोडि दोस्रो भएका छन । जुनियर तर्फ अण्डर १७ तर्फ बिबेक क्षेत्री प्रथम र लेलिन राना दोस्रो अण्डर १३ तर्फ डेनिस थापा प्रथम र सिहाङ पुन दोस्रो, अन्डर ११ तर्फ युनिक थापा प्रथम र प्रणय गुरुङ दोस्रो साथै अन्डर १३ महिला तर्फ मान्यता पुलामी प्रथम र सोनि राना दोस्रो भएका थिए । प्रतियोगितामा बिजेता र उपबिजेता समुहलाई खेलाडिहरुलाई तिलोत्तमा नगर खेलकुद बिकास समितिका संयोजक लोक पुनले पुरस्कार बितरण गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२४-०५-१८ , समय : २१:२९:५२ , ६ महिना अगाडि