कञ्चनमा सरोकारवालाहरु बिच पुर्व नीति तथा कार्यक्रम र बजेटबारे अन्तरक्रिया

रुपन्देही खबर , १९५  पटक हेरिएको

कञ्चन,जेठ ५

रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१ र ०८२ का लागि निर्माण गर्ने बार्षिक नीति तथा कार्यक्रम र बजेटमाथी पालिकाका सरोकारवालाहरु बिच अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा आगामी आर्थिक बर्षको लागि पालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा दिगो र परिणाममुखी तथा उत्पाददनमा आधारित कार्यक्रम र बजेट निर्माण गर्नु पर्ने सहभागी वक्ताहरुको जोड दिएका छन।

कार्यक्रममा नेकपा एमाले कञ्चनका अध्यक्ष पदनानाथ आचार्य, नेपाली कांग्रेसका देविराम रेग्मी, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमचन्द्र पोख्रेल, राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल, रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापा, रुद्रपुर माध्यमिक बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेल, बुद्धभुमी आधारभुत बिद्यालयका प्रधानाध्यापक लिलाधर शर्मा, कञ्चन व्यापार संघका सचिव सन्तोष रायमाझी, साना किसान सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश शर्मा, कञ्चन महिला कृषि उद्यमी सहकारी संस्थाका अध्यक्ष हिमा बेलवासे, लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश पौडेल, कञ्चन होटल तथा रेष्टुरेण्ट ब्यबसायीहरुको तर्फबाट प्रकाश थापा, सरोकारवालाहरुको तर्फबाट सोमनाथ शर्मा, बिष्णु पैगेनी, उमा ढकाल गौतम, दिनेश घिमिरे, निरमाया बोहरा क्षेत्री, नारायाण न्यौपाने, प्रजापति पराजुली, भुपेन्द्र आचार्य लगायतले पालिकाको आगामी बर्षका लागि बार्षिक नीति तथा कार्यक्रम र बजेटबारे सुझाव दिएका थिए।
वक्ताहरुले कृषि, शिक्षा, स्वास्थ्यमा बढी ध्यान दिन र गत बर्षमा लिएका लक्ष्यहरुको कार्यान्वयन र उपलब्धीबारेको समिक्षा, कुनै पनि योजना संचालन गर्नु पुर्व सरोकारवालाहरुसंग गर्नु पर्ने छलफल, हरेक योजना संचालन गर्दाको पारदर्शिता र नियमन र अनुगमन, पहुँच र कसैको धाक धम्की तथा दवावका् आधारमा बजेट छुट्टाइने चलन, स्थानीयहरुले थाहा पाउने गरी खुल्ला टेण्डर गरिनु पर्ने जस्ता बिषयहरुमा जोड दिएका थिए। योजना संचालन गर्दा स्थानीय तहकै बेरोजगार ब्यक्तीहरुले रोजगार पाउने सुनिश्चित्ता सहितको बार्षिक नीति तथा कार्यक्रम ल्याउनु पर्ने, पालिकाबाट संचालन गरिने अनुदानका कार्यक्रमहरुको प्रभावकारी अनुगमन र नियमन गर्न नसके अनुदानको कुनै अर्थ नहुने, तालिम संचालन गर्दा उत्पादन तथा परणिाममुखी हुनु पर्ने र उद्यमशिलतामा बढी प्राथमिकता दिनु पर्ने जस्ता बिषयहरु आगामी बर्षको बार्षिक नीति तथा कार्यक्रमहरुमा समेटिनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए।

कञ्चन गाउँपालिकाका अध्ययक्ष नवराज ढकालले सरोकारवालाहरुबाट उठेका सवालहरुबारे टिप्पण्णी गर्दै अन्तरकृया कार्यक्रममा उठेका बिषयहरुको बारेमा पालिका गम्भिरताका साथ नीति तथा कार्यक्रममा समाबेश गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो। हरेक क्षेत्रबाट आउने सकारात्मक सुझावलाई आत्मसात गर्नु पालिकाको अनिवार्य कर्तब्य रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पालिकाले तयार गरेको पञ्चबर्षिय योजनामा आधारति रहेर आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा बिशेष ध्यान सहितको जोड दिइने समेत बताउनु भयो।

कार्यक्रममा उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनको आवश्यकता र सरोकारवालाहरुको सुझावमा आधारित बजेट निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो। पालिकाको अर्जुनदृष्टि भनेको नै पालिकाको बिकासको गतिलाई तिव्रता र गुणस्तरियता अनि रोजगार श्रृजना गरी पालिकावासीमा आफ्नो पालिका प्रतिको अपनत्व बनाउनु रहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।

अन्तरकृया कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले कार्यक्रमको आवस्यकता र औचित्यताबारे बताउनु भएको थियो भने प्रशासन प्रमुख गिरीराज अर्यालले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो। कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको हो।

प्रकाशित मिति: २०२४-०५-१८ , समय : ०९:१०:०८ , ६ महिना अगाडि