उर्मिला यादव यात्री , ४२० पटक हेरिएको
भैरहवा, जेठ ४
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले राजनितिक पार्टीले आफनो सिद्धान्तमा उभिनुपर्नेमा जोड दिनु भएको छ । उहाले कांग्रेस एक्लै उभिदा बढी मत भएको बताउदै चुनाव अघि गठबन्धन गर्दा कांग्रेसको मत घटेको दाबी गर्नु भयो । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नम्बर ३ रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा. रिजालले नेपालमा प्रजातन्त्र ल्याउन देखी गणतन्त्र ल्याउन सम्ममा नेपाली कांग्रेसको ठुलो भुमिका रहेको उल्लेख गर्नु भयो । उहाले सबै ठाउमा कांग्रेसबाट चुनाव नलडदा आफनो पार्टीको भोट अर्काेमा गएको बताउनु भएको छ । उहाले आफूहरुलाई सन्देश दिन र सचेत गराउन जनताले नयाँ पार्टीलाई मत दिएकाले अब सचेत हुनुपर्ने बताउनु भएको छ । उहाले अब पनि सचेत नभए २०८४ को भबिष्य पनि अन्यौलतामा रहने उल्लेख गर्नु भयो । उहाले कांग्रेस भित्र परिर्वतनको आवश्यकता भएकोले आफना गल्तीहरु सच्याएर अघि बढनु पर्ने बताउनु भएको छ । उहाले कांग्रेस पार्टी वडामा मात्र नभइ टोल टोलमा भएको पार्टी भएकोले हरेक क्षेत्रमा चुनाव नलडे पार्टी निमार्ण हुन नसक्ने दाबी गर्नु भयो । उहाले नेतृत्व बिकास नै तलदेखि नै हुने भएकोले हरेक वडा र टोलमा चुनाव लडनुपर्ने बताउनु भएको छ ।
उहाले दुई ठुला अर्थतन्त्र भएको देश चीन र भारतको बिच रहेको नेपालको जुन सम्भावना छ यसलाई अरुले ईष्र्या गर्न सक्ने खालको रहेको बताउदै त्यो सम्भावनालाई कार्यान्वयन गर्न सक्ने राजनैतिक नेतृत्व नभएको गुनासो गर्नु भयो । उहाले राजनैतिक ब्यक्तित्वहरुमा स्वार्थ बाझिएकाले देशको समुचित बिकास हुुन नसकेको दाबी गर्नु भयो । उहाले नेपाल भित्र भैरहेको आयातलाई प्रतिस्थापन गर्ने उदेश्यका साथ काम गरियो भने नेपालको अर्थतन्त्रमा परिर्वतन ल्याउन सकिने जोड दिनु भयो ।
नेपाल कृषिमा आधारित देश भएकोले देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । उहाले कृषि क्षेत्रको बिकास र सिचाइको ब्यवस्थापन गरी निर्यात तर्फ पहल गर्नुपर्ने जोड दिनु भएको छ । नेता रिजालले भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल बनाउनु ठुलो कुरा नभइ यसलाई कसरी संचालन गर्ने बिषयमा बिदेशी राष्ट संग मित्रता कायम गरी यस बिषयमा छलफल गर्नुपर्ने र संचालनका लागी पहल गर्नुपर्ने बताउनु भएको छ ।
यस्तै गरी पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सदस्य राजीव विक्रम शाहले लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिहरु व्यक्तिको पछाडी नभइ सिस्टम र अनुशासनका पछि लाग्नुपर्नै बताउनु भएको छ । उहाले आफूहरु देश निर्माणमा लागेको दावी गर्नु भयो ।
यस्तै गरी नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको भन्दै विमानस्थल सञ्चालन हुनुपर्ने माग गरे ।
लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीले देशलाई निकास दिने पार्टी कांग्रेस नै भएको दावी गर्नु भएको छ । उहाले भैरहवामा लगानी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा यहाका उद्योगी , ब्यवसायीहरुको लगानी खेर गएको बताउनु भएको छ । उहाले राष्ट्रिय गौरवका आयोजनाहरु संचालन गर्नका लागी पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको गुनासो गर्नु भएको छ । उहाले नेपाली कांग्रेस अब सक्रिय भएर अग्रणी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
संविधानसभा सदस्य जन्नतुन निशाले कांग्रेस बिना देश चल्न नसक्ने दाबी गर्नु भयो । उहाले नेपाली कांग्रेसको संसदमा जुन उपस्थिती छ त्यो आफनै कारणले पछाडी भए पनि कांग्रेसलाई कसैले पछाडी पार्न नसक्ने उल्लेख गर्नु भयो ।
न्ेपाली कांग्रेस क्षेत्र नम्बर ३ क का सभापति सुरेन्द्र जंग थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसियशन लुम्बिनी प्रदेश सभापति शैलेन्द्र प्रसाद श्रेष्ठ, कांग्रेस क्षेत्र नम्बर ३ का सहसचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय प्रतिनिधि तथा नेपाल तरुण दल सिद्धार्थनगरका उपसभापति टिका जि.सी., कांग्रेस सिद्धार्थनगर–९ का सभापति श्याम खनाल लगायत आ आफनो भनाइ राख्नु भएको थियो भने कार्यक्रम संचालन नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सचिव एवम प्रवक्ता लेखनाथ भट्टराईले गर्नु भएको थियो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व पर्यटनमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०५-१७ , समय : १०:२३:२८ , ६ महिना अगाडि