किसान सुचीकरण प्रभावकारी कार्यान्वयनका लागी परासीमा अन्तरक्रिया

रुपन्देही खबर , ३४४  पटक हेरिएको

नवलपरासी,जेठ १

कृषि ज्ञान केन्द्र नवलपरासीले किसान सुचीकरण प्रभावकारी कार्यान्वयनका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा.रबिन्द्र नाथ चौबेको अध्यक्षता तथा जिल्ला समन्वय समिती नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यतामा आइतबार परासीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि सुचना तथा प्रशिक्षण केन्द्र ललितपुरका डा. संजिव पण्डितले किसान सुचीकरण कार्यक्रमको नितिगत अवधारणा,बिभिन्न तह निकायको भुमिका , प्रमाणिकरण प्रक्रिया,र अबको कार्यदिशाको बारेमा सहजीकरण गर्नु भएको थियो ।

यस्तै गरी कार्यक्रमको सहजीकरण गर्दै कृषि तथा भु ब्यवस्था मन्त्रालयका प्रमुख घनश्याम चौधरीले लुम्बिनी प्रदेशमा किसान सुचीकरण प्रणालीको आवश्यकता, हाल सम्मको अवस्था, समस्या ,चुनौती. र अवसरका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कृषि तथा भुमि ब्यवस्था मन्त्रालयका सचिव डा. नम्रता सिंह, रामग्राम नगरपालिकाको उपप्रमुख सम्झना चौधरी, सुनवल नगरपालिकाको उपप्रमुख सुर्य प्रसाद दुबे, बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्याय, सुस्ता गाउपालिका उपाध्यक्ष गीता चौधरी, प्रतापपुर गाउपालिका उपाध्यक्ष मान कुमारी चौधरी, पाल्हिनन्दन गाउपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी, सरावल गाउपालिका उपाध्यक्ष बासमती चमार, खाद्य सुरक्षा तथा कृ.ब्य.प्र.महाशाखा प्रमुख घनश्याम चौधरी, कृषि बिकास निर्देशनालयका बरिष्ठ कृषि अर्थ बिज्ञ हरी प्रसाद पण्डित, कृषि सुचना तथा प्रशिक्षण केन्द्रका डा.संजिव पंडित, भे.अ.तथा पशु सेवा बिज्ञ केन्द्र प्रमुख श्रवण कुमार चौधरी लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । भने कार्यक्रम संचालन नबिन गैरेले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०५-१४ , समय : ०८:५९:२० , ६ महिना अगाडि