रुपन्देहीमा बिभिन्न मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ

रुपन्देही खबर , ३३०  पटक हेरिएको

भैरहवा, बैशाख ३१

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न मुद्धामा फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नंम्बर २ बस्ने तुल बहादुर थापा र मायादेवी गाउँपालिका वडा नंम्बर ४ बस्ने सिताराम केवट रहेका छन । प्रहरीका अनुसार २०६६ पुस २३ गतेको फैसलाले जुवा मुद्धामा रु २ सय रुपैया जरिवाना फैसला भएका थापालाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । यस्तै गरी

अस्थायी प्रहरी पोष्ट रम्वापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २०७१ असार २४ गतेको फैसलाले कुटपिट अंगभंग मुद्धामा २ बर्ष कैद र १ हजार २ सय ५० रुपैया जरिवाना फैसला भएका केवटलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ । फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरीएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०५-१३ , समय : २२:१८:५० , ५ महिना अगाडि