बर्दघाटका सामुदायिक बिद्यालयहरुमा उपभोक्ता शिक्षा अभियान सञ्चालन

रुपन्देही खबर , २०६  पटक हेरिएको

बर्दघाट,बैशाख २९

उपभोक्ताहरुलाई सचेत गर्न पश्चिम नवलपरासीको बर्दघाट नगरका सामुदायिक बिद्यालयहरुमा उपभोक्ता शिक्षा अभियान सञ्चालन गरीएको छ । बर्दघाट–९ पञ्चनगरको साप्ताहिक हाट बजारबाट शुरु गरीएको उपभोक्ता शिक्षा अभियान अहिले नगरका विद्यालयहरुमा चलिरहेको छ ।

बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ,उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्याय र प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल सहितको सहभागितामा शुरु गरीएको उक्त अभियान बैशाख ३० गते नि.र.कु.मा.बि. जहदामा पुगेर समापन हुदै छ ।

उपभोक्ताहरु सचेत नहुदा दिन प्रतिदिन मानिसहरुको स्वास्थ्यमा समस्या देखिन थालेको र कुनै पनि वस्तु खरीद गर्दा गुणस्तरीय पाउन समस्या हुन थालेपछि बिद्यालयहरुमा उपभोक्ता शिक्षा अभियान सञ्चालन गरीएको बर्दघाट नगरपालिकाका उप–प्रमुख तथा अनुगमन समितिका संयोजक रुद्रप्रकाश उपाध्यायले बताउनु भएको छ ।

नगरपालिका सँगको सहकार्यमा उपभोक्ता हक हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिले बजार अनुगमन सँगै उपभोक्ता र विक्रेताहरुका लागि साप्ताहिक हाट बजारहरु र सामुदायिक बिद्यालयहरुमा दैनिक उपभोक्ता शिक्षा अभियान सञ्चालन गरी रहेको छ ।

अभियानका क्रममा उपभोक्ता शिक्षा सँगै विद्यालयहरुमा उपभोक्ता सचेतना क्लबहरु गठन गर्ने र वार्षिक कार्ययोजना बनाउदै बिद्यार्थीहरु मार्फत घर घरमा र समाजमा उपभोक्ता शिक्षा दिने काम गरीएको उपभोक्ता हक हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिका अध्यक्ष हुमनाथ आचार्यले बताउनु भएको छ ।

कुनै पनि वस्तु र सेवाको उपभोग गर्दा जान्नु पर्ने कुरा तथा उपभोक्ताहरुको हक र अधिकारका वारेमा बिद्यार्थीहरुलाई जानकारी दिईने गरीएको उपभोक्ता हक हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकालले बताउनु भएको छ ।

अभियानका क्रममा उपभोक्ता र ब्यापारीहरुलाई ब्यापार ब्यवसाय गर्दा के गर्न हुने र केगर्न नहुने भन्ने देखि ब्यवसाय दर्ता,नविकरण र कर का साथै उपभोक्ता शिक्षा , निति–नियम र कानुनि पक्षका वारेमा समेत जानकारी दिने गरीएको सचिव ढकालले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०५-११ , समय : २१:००:०७ , ७ महिना अगाडि