रुपन्देहीको बिभिन्न ठाउमा आगलागी,करोडौको मालसमान जलेर नष्ट

सर्वेन्दर यादव , ९३४  पटक हेरिएको

भैरहवा, बैशाख ९

रुपन्देहीको बिभिन्न क्षेत्रमा आगलागी हुदा जनजिवन प्रभाबित भएको छ । लामो समयदेखि वर्षा नहुँदा अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति पुगेको छ ।

यस्तै गरी मर्चवारको सम्मरीमाइ गाउँपालिका वडा नम्बर १ र २ मा शुक्रबार दिउँसो भएको आगलागीमा २ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन भने २० घरमा क्षति पुगेको छ । सम्मरीमाइ गाउपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने मुडिला र करौताको सिमानामा लागेको आगो फैलिदै मर्चवारी गाउपालिका वडा नम्बर १ र २ सोनबर्षा र कचरिहवा गाउमा पुगेर समेत क्षति पुरयाएको छ ।

आगो स्थानियको नियन्त्रण भन्दा बाहिर गएकोले २२ वटा घरमा क्षति पुगेको त्यहाका स्थानियले बताएका छन । आगलागीबाट करोडौ रुपैया बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । ।सिद्धार्थनगर नगरपालिकाको वारुणयन्त्र सहयोगमा र स्थानियको सहयोगमा क आगो निभाइएको थियो। पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।


यस्तै गरी रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा गहुको नलबाट आगो फैलिदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति पुगेको छ ।

आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेको भटटले जानकारी दिनु भयो । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो ।

यस्तै गरी गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ । वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत चुहिँदा आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित तीन लाख रुपैयाँ बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

यस्तै गरी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटल पवन प्यालेस परिसरमा पुगेर क्षति पुरयाएको छ । जसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्न लगायत सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२४-०४-२१ , समय : १३:४४:४१ , ७ महिना अगाडि