भन्सार छलेर ल्याउदै गरेको १० लाख ५९ हजार भन्दा बढीको सामान रुपन्देहीबाट बरामद

रुपन्देही खबर , ३८४  पटक हेरिएको

भैरहवा, चैत ३०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट अबैध सामान नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार जिल्ला मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको १०लाख ५९ हजार ४ सय ५० रुपैया बराबरको अबैध सामान नियन्त्रणमा लिएको हो ।

यस्तै गरी इलाका प्रहरी कार्यालय बेथरी र अस्थायी प्रहरी पोष्ट रमवापुरबाट खटिएको प्रहरी टोलीले आज मायादेवी गाउँपालिका वडा नंम्बर ४ सुण्डीबाट ८ लाख ७३ हजार दुइ सय मुल्य बराबरको गाडी सहित अबैध प्याज बरामद गरेको छ । भारतबाट भन्सार छली लु २ च ७५०७ नंम्बरको बलेरो पिकअपमा ल्याउदै गरेको ७३ हजार दुई सय रुपैया मुल्य बराबरको २० कुन्टल प्याज प्रहरीले सुण्डीबाट नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै गरी इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले बिहीबार कोटहिमाइ गाउँपालिका वडा नंम्बर ४ कदमहवा सुन्डीघाटबाट ३७ हजार ५ सय रुपैया बराबरको १५ बोरा प्याज १५ बरामद गरेको जनाएको छ ।
यस्तै गरी प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले बिहीबार रोहिणी गाउँपालिका वडा नंम्बर ७ टिकरबाट चिनी १० बोरा, रिफाईन तेल ७ पेटी, प्याज १ बोरा गरी अन्दाजी ६५ हजार ५ सय रुपैया बराबरको अबैध सामान बरामद गरेको जनाएको छ ।
यस्तै गरी प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार कोटहीमाई गाउँपालिका वडा नंम्बर ३ मर्यादपुरबाट लु १० प ७४४२ नंम्बरको मोटरसाइकलमा अवैध रुपमा ल्याउदै गरेको जिरा, मम्फली दाना, चियापत्ति मोटरसाईकल सहित ८३ हजार २ सय ५० रुपैया मुल्य बराबरको अबैध सामान बरामद गरेको हो ।
बिभिन्न स्थानबाट बरामद भएका अबैध सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०४-१२ , समय : २१:४९:५७ , ७ महिना अगाडि