रुपन्देहीबाट डेढ लाख मुल्य बराबरको अबैध कुखुरा बरामद

रुपन्देही खबर , ३२२  पटक हेरिएको

भैरहवा, चैत २९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट अबैध कुखुरा नियन्त्रणमा लिएको छ । जिल्लाको मातहतबाट खटिएको प्रहरी टोलील भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा एक लाख ४९ हजार चार सय रुपैया मुल्य बराबरको अबैध कुखुरा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नंम्बर ११ सिक्टहनबाट लु २ प १८२३ नंम्बरको मोटरसाईकलमा लैजादै गरेको १८ वटा जिउदो बोईलरकुखुरा बरामद गरेको छ । बरामद भएको बोइलर कुखुराको मुल्य मोेटरसाइकल सहित ४४ हजार ४ सय रुपैया रहेको प्रहरीले जनाएको छ ।

यस्तै गरी प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले बिहीबार रोहिणी गाउँपालिका वडा नंम्बर ४ कोटहवाबाट बेवारिसे अबस्थामा रहेको ९० वटा जिउदो बोईलर कुखुरा बरामद गरेको छ ।बरामद भएको कुखुराको मुल्य १ लाख ५ हजार रहेको प्रहरीले जनाएको छ । दुबै स्थानबाट बरामद गरिएको बोइलर कुखुरालाई आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-११ , समय : २२:५०:३३ , ७ महिना अगाडि