रुपन्देही खबर , १८८ पटक हेरिएको
कञ्चन,चैत २९
रुपन्देहीको कञ्चन गाउपालिकामा लागु औषध दुब्र्यसनी बिरुद्ध सचेतना र्याली गरिएको छ। कञ्चन साथी सञ्जालको आयोजना, सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा आयोजित उक्त र्यालीमा कञ्चन गाउँपालिका वडा नंम्बर ३, ४ र ५ का महिला समूह, युवा क्लव, प्रहरी लगायतको सहभागिता रहेको थियो।कञ्चन ३ धौलागिरीचोक देखि शुरु भएको र्याली कञ्चन ४ को सुनगाभा चोक, डायरी चोक, थकालीचोक हुदै गरगरेमा पुगेर कोणसभामा परिणत भएको थियो। र्याली पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै कञ्चन गाउँपालिका वडा नं। ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले अवको नयाँ पुस्तालाई लागु पदार्थ दुब्र्यसनीबाट अछुट बनाउन सबैले आ आफ्नो घर परिवारबाट लगाु पदार्थ दुब्र्यसनीतर्फ उन्मुख बनाउने सुर्ति र मदिराजन्य बस्तुको खरीद बिक्री रोक्नु पर्ने बताउनु भयो।
यसैगरी वडा नंम्बर ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले पछिल्लो समय युवा पुस्तामा देखिएको गलत ब्यबहार, संस्कार र कृयाकलापले समाजलाई असुक्षित बनाउदै गइरहेको अनुभुती दिलाएको बताउनु भयो । सानै उमेरदेखि आफ्ना बालबालिकाहरुलाई सुर्तिजन्य पदार्थ र मदिरा जन्य पदार्थको लेनदेन गर्ने गराउने गलत संस्कारको अन्त्य नगरेसम्म लागु पदार्थको दुब्र्यसनीको अन्त्य हुने सम्भावन कम हुदै जाने बताउदै वडा अध्यक्ष खत्रीले अभिभावकहरुबाटै आफ्ना छोराछोरीहरुको प्रत्यक्ष निगरानी र असल आचरण राख्ने संस्कारको बिकास गर्यो भने समाजमा हुने बिभिन्न गलत कृयाकलाप र लागु पदार्थ दुब्र्यसनीको न्युनिकरण हुने बताउनु भयो।
कार्यक्रममा सुनगाभा सामुदायिक बिकास केन्द्रका अध्यक्ष अमृता थापा मगरले स साना बालबालिकाहरुलाई सुर्ति तथा मदिराजन्य बस्तुहरु किन लगाउने बानीलाई अन्त्य गर्नुको बिकल्प नरहेको बताउनु भयो। कम्तीमा सचेत अभिभावहकहरुबाट आफ्ना छोरा छोरीहरुलाई सुर्ति तथा मदिराजन्य बस्तुहरुको प्रयोग तथा खरीद बिक्री कार्यमा प्रयोग नगराउने हो भने लागु पदार्थ दुब्र्यसनीको प्रयोगमा न्युनिकरण हुने अध्यक्ष थापा मगरले बताउनु भयो।
कार्यक्रममा ईलाका प्रहरी कार्यलय रुद्रपुरका प्रहरी सहायक निरीक्षक तथा ट्राफिक इन्चार्ज कृष्ण बहादुर पुन र संकल्प समूहका युवराज पुनले लागु औषध दुब्र्यसनीका कारण र यसले घर परिवार र समाजलाई पुर्याउने असर र हानी नोक्सानीका बारेमा बताउनु भएको थियो।
कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीको अध्यक्षता, सचिव उषा सुनारको संचालन र उपाध्यक्ष बिष्णु सुनारको स्वागतमा भएको कार्यक्रममा सञ्जालका अध्यक्ष सुस्मिता नेपाली लागु औषध दुब्र्यसनी बिरुद्धको ५ दिने अभियान र अभियानको क्रममा संचालन गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिनु भएको थियो।
प्रकाशित मिति: २०२४-०४-११ , समय : ०९:५७:२० , ८ महिना अगाडि