बसन्तपुरबाट नदिजन्य पदार्थ सहित २ वटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , २९८  पटक हेरिएको

भैरहवा, चैत २८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नदीजन्य पदार्थ सहित २ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर स्थित रोहिणी खोलादेखी बालुवा उत्खनन गरी लैजादै गरेको अवस्थमा लु ४ त ७२२३ र लु ५ त १६६ नम्वरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाईएको र रु तीस हजार रुपैया जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-१० , समय : ०९:४०:०१ , ७ महिना अगाडि