मर्चवारमा ऐतिहासिक युवा सम्मेलन २०८० सम्पन्न

रुपन्देही खबर , ३२२  पटक हेरिएको

मर्चवार ,चैत २६

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सम्मरीमाई गाउपालिका वडा नं ५ रोइनिहवामा शनिबार ऐतिहासिक युवा सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलन २०८० सम्पन्न भएको हो ।


कार्यक्रम स्वस्तिक सामाजिक बिकास संस्था तथा थिङकिङ रिच नेपालको संयुक्त आयोजनामा मर्चवार क्षेत्रका युवा ,व्यवसायी , कर्मचारीहरुको संयुक लगानी र प्रयासमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथी अखिलेश्वर शुक्ला,बिशिष्ट अतिथी शिवनन्दन जयसवाल , प्रशिक्षक इमरान खान , डा. त्रीभुवन बरई , अमरनाथ यादव , डा. रणधिर यादव , एस एन त्रीपाठी, सचिन चौधरी ,केशव उपाध्याय , अभिषेक त्रीपाठी , दुइ मोहान APF प्रमुख नगेन्द्र पाल रहनु भएको थियो भने अतिथीहरुमा प्रहरी चौकी रोइनिहवा असइ छुन्नीलाल चौधरी , अतिथी सुनिता हरिजन , सिवानी तिवारी , राम अवतार यादव , असोक तिवारी , रामखुशियाल यादव , शिशिर मिश्रा , रुस्मिला गौतम ,अनिल चौधरी ,कृष्ण अग्रहरी,दिपक यादव ,सन्तराम पासी,बबिन बरई, सन्तोष मिश्रा, रामचन्द्र यादव , दिनेश यादव, बिश्वप्रकाश त्रीपाठी ,धनन्जय शुक्ला ,सन्तोष पाठक रहेको उक्त सम्मेलनको अध्यक्षमा स्वस्तिक सामाजिक बिकास संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्याय रहनु भएको थियो ।

सम्पन्न भएको उक्त सम्मेलनमा बिभिन्न बिधालाई समेटेको थियो जसमा स्थानीय पहिरन , नेपाली पहिरन , स्थानीय भाषा , नेपाली भाषा, स्थानीय परिकार , स्थानीय कलाकार , संगितकार , साहित्यकार , नेपाली भाषाबिद , भोजपुरी भाषाबिद , स्वास्थ्य क्षेत्रबाट डाक्टर ,शिक्षाबाट शिक्षक , कृषक , व्यवसायी सबलाई समेटदै कार्यक्रम गरिएको थियो, जसमा बाजागाजा , पंन्चकन्या, स्वागतको प्रक्रिया विशेष फरक ढंगले प्रस्तुत गरिएको आयोजकले जानकारी दिएको छ ।

सो कार्यक्रमको मन्तब्यको क्रममा मर्चवार युवा उत्प्रेरणामूलक सम्मेलनको अन्तिम समारोहमा बोल्दै स्वस्तिक सामाजिक विकास संस्थाको अध्यक्ष ज्ञानेश्वर उपाध्याय धेरै युवाहरु निर्वाचित भएर आएकाले आम युवाहरुमा नयाँ आशा पलाएको बताउनु भएको छ । उहाले अधिकारको आन्दोलमा मात्र अगाडि बढ्ने युवावर्गले आफ्नो जिम्मेवारी बोध गर्दै उर्जाशिल शक्ति देश निर्माणमा लगाउनुपर्ने बताउनु भयो । साथै यो युवा सम्मेलनले अब सरकारले केहि गर्नुपर्छ जसको लागि ११ बुदे घोषणा पत्र पनि जारि गरिएको जानकारी दिनु भएको छ ।

त्यसैगरि युवाहरु देशको मुल कर्णदार भएकोले समृद्ध मर्चवार बनाउन हामी युवा सबै लाग्नुपर्ने बताउनु भएको छ । उहाले भन्नू भयो परिवर्तन गर्नको लागि यो सानो प्रयास हो जब सम्म युवाहरुमा जागरुकता आउदैन तब सम्म देशको बिकासले गति लिदैन साथै यो मार्चवारमा अवसरहरु धेरै छन तर ती अवसरलाई पहिचान गरि स्थानीय निकायले ध्यान न दिएको युवालाई कहि कतै उपेक्षा गरेको हुदा ११ बुदे घोषणा पत्र स्थानीय तह, प्रदेश र संघमा काम गर्न पहल होस भनि कार्यक्रमका प्रमुख अतिथी अखिलेश्वर शुक्लाले बताउनु भएको छ ।

सम्पन्न भएको उक्त सम्मेलनमा मर्चवार क्षेत्र लगायत अन्य कपिलवस्तु , नवलपरासी र रुपन्देही गरि करिब ३५० युवाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको सो कार्यक्रमको संचालन करन बरुनले गर्नुभएको थियो भने प्रशिक्षकमा ग्रेटफुल दिनेश र इमरान खान रहनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०४-०८ , समय : २०:३५:०७ , ८ महिना अगाडि