साहसि कदम नेपालले गर्यो मणिग्राममा सडक नाटक तथा सांस्कृतिक कार्यक्रम

उर्मिला यादव यात्री , ८७३  पटक हेरिएको

भैरहवा, चैत १९

पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साहसी कदम नेपाल रुपन्देहीले आइतबार तिलोत्तमा ५ मणिग्राममा जनचेतनामुलक सडक नाटक तथा सांस्कृतिक कार्यक्रम गरेको छ । प्रत्येक वर्ष मार्च ३१ तारिखका दिन पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइदै आएकोले ट्रान्सजेण्डर व्यक्तिहरू बारे जनचेतना फैलाउन र पारलैङ्गिक व्यक्ति तथा आन्दोलनका उपब्धीहरूको उत्सव मनाउन यो दिवस आइतबार बिबिध कार्यक्रम गरी मनाइएको छ ।

कार्यक्रममा बोल्दै साहसी कदम नेपाल रुपन्देहीका संस्थापक अध्यक्ष आनिक रानाले पारलैङ्गिक व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताउनु भएको छ । उहाले तेस्रो लिंगी समुदाय मानव भएको र मानव भएर बाच्न चाहेको बताउदै उहाले मानव सरह ब्यवहार गर्न आग्रह गर्नु भएको छ ।

उहाले यौनिक तथा अल्पसंख्यक समुदायलाई परिवार र समाजबाट तिरस्कृत गर्दा उनीहरुलाई समाजमा खुलेर बाच्न गाहे भएको बताउनु भएको छ । उहाले पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवसको अवसरमा साहसी कदम नेपालले हाम्रो दृश्यता पनि समाजमा छ भन्दै समाज रुपान्तरणमा अभियन्ताको रुपमा आफुहरु खडा भएको बचाउनु भयो । उहाले यो समुदायले पनि केही गर्न सक्छौ भन्दै सकरात्मक सोचले नै समाजमा परिर्वतन ल्याउने जोड दिनु भएको छ ।

उहाले समाजमा जन्मिने यौनिक तथा अल्पसंख्यक बालबालिकाहरुलाई गास, बास, कपास र रोजगारबाट बचिन्त हुन नपरोस भनि साहसी कदम नेपालले समुदायमा गएर बिभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको बताउनु भएको छ ।

कार्यक्रमको संचालन गर्दै रेशम साहसि कदम नेपाल रुपन्देहीकका प्राबिधिक सल्लाहकार रेशम न्यौपानले यौनिक तथा अल्पसंख्यक समुदायका हकअधिकारका लागी बिगत लामो समय देखि काम गर्दै आइरहेको बताउनु भएको छ । उहाले यौनिक तथा अल्पसंख्यक समुदाय समाजका लागी नया नभए पनि समाजमा समान ब्यवहार समान मतका लागी कुरा गरिए पनि यो समुदाय अत्यन्त पछाडी पारिएको समुुदायको सुचीमा परेको गुनासो गर्नु भएको छ ।
यस्तै गरी ए एच एफ नेपालका धर्मराज भटटराइले यौनिक तथा अल्पसंख्यक समुदायलाई समाजमा अगाडी आउन मदत गर्नुपर्ने बताउनु भएको छ ।


साहसी कदम नेपाल रुपन्देहीको आयोजना तथा तथा ए एच एफ नेपालको आर्थिक सहयोगमा तिलोत्तमा ५ मणिग्राममा भएको सडक नाटक तथा सांस्कृतिक कार्यक्रममा लिली थापा, शास्त्रीय संगीत साधक बिबेक पंगेनी निशा हमाल, कान्छी मगर लगायतले नृत्य तथा गीतमार्फत आ आफनो कला प्रस्तुत गर्नुु भएको थियो । प्रत्येक वर्ष मार्च ३१ तारिखका दिन पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ ।

प्रकाशित मिति: २०२४-०४-०१ , समय : १०:२३:५३ , ७ महिना अगाडि