रुपन्देही खबर , ३५० पटक हेरिएको
सुनवल, चैत १६
नवलपरासीको सुनवलमा यहि चैत्र १९ गतेदेखि मूख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबडडी प्रतियोगिता २०८० हुने भएको छ । जिल्ला खेलकुद विकास समिती नवलपरासीको आयोजना, जिल्ला कबड्डि संघ नवलपरासीको सह आयोजना, प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धन तथा लुम्बिनी प्रदेश कबड्डि संघको समन्वयमा पुरूष कबड्डी प्रतियोगिता २०८० हुन लागेको हो ।
प्रतियोगिता यहि चैत १९ गते देखी २१ गते सम्म सुनवल १ सिगेट मैदानमा हुने आयोजकले जानकारी दिएको छ । मुख्यमन्त्री अन्तर प्रदेश स्तरीय राष्ट्रिय पुरुष कबडडी प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकुद बिकास समिती नवलपरासीको अध्यक्ष रितमान कामुमगरले जानकारी दिनु भएको छ । प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बिजेता हुने समुहले एक लाख ५० हजार तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मगरले बताउनु भयो । उहाका अनुसार उपबिजेता समुहले एक लाख नगद मेडल र प्रमाण प्रदान गरिनेछ । यस्तै गरी सेमिफाइनलीस्ट समुहहरुले ५०, ५० हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
सहभागी प्रत्येक टिमबाट १२ खेलाडी, १ प्रशिक्षक र १ ब्यवस्थापक गरी १४ जना रहने अध्यक्ष मगरले जानकारी दिनु भएको छ । उहाका अनुसार प्रत्येक खेलाडीको बिमा ब्यवस्था गरिएको छ । खेल बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउसो २ बजेदेखि साझ ६ बजे सम्म खेल संचालन हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०३-२९ , समय : २१:२३:२२ , ८ महिना अगाडि