रुपन्देही खबर , ५६२ पटक हेरिएको
मर्चवार,चैत १५
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पहिलो पटक युवा सम्मेलन हुने भएको छ । “उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश” भन्ने मुल नाराका साथ स्वस्तिक सामाजिक बिकास संस्था र थिङकिङ रिच नेपालको संयुक्त आयोजनामा सो सम्मेलन हुन सम्पन्न हुने भएको हो ।
कोटहीमाई,मर्चवारी र सम्मरीमाई तीनवटै पालिकाका उद्यमी ,व्यवसायी , कृषक ,कर्मचारी , ११ देखि माथिल्लो कक्षामा अध्ययन र विद्यार्थी ,अभिभावक,शिक्षक ,स्वास्थ्यकर्मी युवाहरुलाई एकत्रित गर्ने गरी सो सम्मेलन हुने भएको छ ।
उक्त सम्मेलनमा मर्चवारका युवाहरुमा मर्चवार दुर्भाग्यको ठाउ भन्दा सौभाग्यको ठाउ हो यो मर्चवार कृषिको पकेट क्षेत्र हो जसले गर्दा यहाको अन्नबाली देशको मेचीदेखि महाकाली सम्म पुग्छ भनि यकिन गराउने सम्मेलनको मुख्य उदेश्य रहेको भनि आयोजक संस्था थिङकिङ रिच नेपालका अध्यक्ष दिनेश गुप्ताले जानकारी गराउनुभएको छ ।
सो सम्मेलनमा स्थानीय कला संस्कृतीलाई संरक्षात्मक आफ्नै भेषभुषा झल्किने आयोजकले पहिरन लगाउने साथै त्यस क्षेत्रका उदाहरणिय कृषक,व्यवसायी,महिला उद्यमी,शिक्षक, अभिभावक ,विद्यार्थीहरुको अनुभव अदानप्रदान लगायत सबैलाई नेतृत्व बिकास तथा उदेश्य प्राप्तीको लागि उत्प्रेरणामुलक सत्र संचालन गरि युवाहरुमा जोस जागर र उमंग भर्ने मुल उदेश्य रहेको भनि आयोजक टिमका अखिलेश्वर शुक्लाले बताउनु भएको छ ।
चैतको २४ गते शनिबारका दिन सम्मरीमाई ५ रोइनिहवाको सभाहलमा बिहान ९ बजे देखि साझ ४ बजेसम्म चलिरहने उक्त सम्मेलनमा राजनैतिक व्यक्तित्वहरुलाई सहभागी नगराउने साथै त्यहाका उद्यमी,व्यवसायी,जागिरे लगायत विभिन्न फर्म तथा संस्थानबाट आर्थिक संकलन गरी उक्त कार्यक्रम गर्न लागिएको भनि सो कार्यक्रमको आयोजक संस्थाका अध्यक्ष ज्ञानेश्वर उपाध्यायले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति: २०२४-०३-२८ , समय : १३:२६:४४ , ८ महिना अगाडि