उर्मिला यादव , ३५३ पटक हेरिएको
भैरहवा, चैत १३
बैदेशिक रोजगारीमा अदक्ष भएर जानेको संख्या बढदै गएको एक तथ्यांकले देखाएको छ । बैदेशिक रोजगारीमा सीप सिकेर जाने भन्दा सीप नसिकेर जानेको संख्यामा बृद्धि भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्धारा संचालित सुरक्षित आप्रवासन सामी कार्यक्रमले मंगलबार भैरहवामा आयोजना गरेको प्रगती समिक्षा कार्यक्रममा हालसम्म रुपन्देहीबाट एक लाख ५५ हजार ८ सय १५ जना माानिसहरु श्रम स्वीकृती लिएर बैदेशिक रोजगारीमा गएका छन भने श्रम स्वीकृती नलिइकन जानेको तथ्यांक नरहेको सामी परियोजनाले जनाएको छ । यस्तै गरी रुपन्देहीबाट यस आर्थिक बर्षको ६ महिनामा १० हजार मानिसहरु बैदेशिक रोजगारी गएका छन भने गत आर्थिक बर्षमा २३ हजार २ सय ५९ जना बैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले जानकारी दिनु भएको छ ।
यस्तैगरी सिद्धार्थनगर नगरपालिकाबाट १६ प्रतिशत घरधुरीबाट मानिसहरु बैदशिक रोजगारीमा गएका छन । जसबाट बार्षिक रुपमा ४३ करोड रुपैया रेमिटयान्स भित्रिरहेको उहाले बताउनु भएको छ । उहाले सिद्धार्थनगरबाट १५ प्रतिशत महिलाहरु बैदेशिक रोजगारीमा गएको जानकारी दिनु भएको छ । यता गत आर्थिक बर्षमा लुम्बिनी प्रदेशबाट १ लाख ३६ हजार मानिसहरु बैदेशिक रोजगारीमा गएका छन । जुन नेपालको तेस्रो प्रदेशको रुपमा पर्दछ । लुम्बिनी प्रदेशको रुपन्देहीबाट सबैभन्दा बढी मानिसहरु बैदेशिक रोजगारीमा गएका छन ।
बैदेशिक रोजगारीले अवसर पनि दिएको छ भने चुनौती पनि थपिएको सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले बताउनु भएको छ । उहाले मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण बैदेशिक रोजगारी प्रति आकर्षण बढदै गएको जानकारी दिनु भएको छ ।
सुरक्षित आप्रवासन सामी कार्यक्रमका कार्यक्रम संयोजक सीता पन्थले कार्यक्रमको सहजीकरण गर्दै आर्थिक बर्ष २०७९।८० मा बैदेशिक रोजगारीबाट १२ खर्ब ,२० अर्ब, ५६ करोड बिप्रेषण भित्रिएको जानकारी दिनु भएको छ । जुन ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा विप्रेषण प्राप्त भएकोे छ । जुन कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो । यसले गरिबी न्युनीकरणमा महत्वपुर्ण योगदान पुरयाएको छ भने शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा पहुंच बृद्धि हुनुका साथै महिलाको नेतृत्वमा बिकास भएको बैदेशिक रोजगारीको तथ्यांकमा उल्लेख छ ।
बैदेशिक रोजगारीबाट सकरात्मक प्रभाव परेका छन भने एकातिर यसबाट बिभिन्न किसिमका जटिल समस्याहरु समेत उत्पन्न भएका छन । आर्थिक बर्ष २०७९,८० मा ७ लाख ७१ हजार ३ सय २७ जना बिदेश गएकोमा १ हजार ६२ जनाको बिदेशमा नै मृत्यु भएको बैदेशिक रोजगार बिभागको तथ्यांकमा उल्लेख छ भने ३३५ जना अंगभंग भएका छन । यस्तै गरी आर्थिक बर्ष २०८०। ८१ मा २५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । रुपन्देहीमा आर्थिक बर्ष २०७९, ८० मा १३४ जनाको बिदेशमा मृत्यु भएको बैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका कार्यक्रम संयोजक पन्थले बैदेशिक रोजगारीमा ठगीको क्रम बढदो मात्रामा रहेको बताउनु भएको छ । प्रमाणहरु नहुदा यस्ता समस्याहरु समाधान गर्न समस्या रहेको उहाले बताउनु भयो । बैदेशिक रोजगारीमा जादा यसबारे पुर्ण जानकारी लिएर मात्र जानुपर्ने उहाले बताउनु भएको छ कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान, जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाई लगायतले बोल्दै बैदेशिक रोजगारीका कार्यक्रमहरुलाई पालिकाहरुले प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनु भएको थियो । साथै देशभित्र नै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र बैदेशिक रोजगारीमा जानुपर्ने भए सिप सिकेर मात्र जान अनुरोध गर्नु भएको थियो ।
कार्यक्रम सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानको अध्यक्षता तथा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत रुबिता पुलामीले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०३-२७ , समय : १३:४६:०३ , ८ महिना अगाडि