रुपन्देहीमा ८ लाख ६१ हजार भन्दा बढीको सामान प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ४०१  पटक हेरिएको

भैरहवा, चैत ७

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ८ लाख ६१ हजार ९ सय भन्दा बढीको सामान नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला तथा मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको सामान चेकजाच गर्ने नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी बुधबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंम्बर ६ पर्साबाट २ लाख १२ हजार एक सय रुपैया बराबरको अबैध सामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छलि लु २१ प ५१३१ नंम्बरको मोटरसाइकलमा ल्याउदै गरेको अवस्थामा चप्पल १५२ पिस, टिसर्ट १८० पिस, सिलाई मेसिनमा तेल राख्ने प्लास्टिकको कुप्पि १ बोरा सामान मोटरसाईकल सहित बरामद गरेको हो ।

यस्तै गरी जिल्लाबाट खटिएको प्रहरी टोलीले मंगलबार रोहीणी गाउँपालिका वडा नंम्बर ३ धकधईबाट ४६ हजार रुपैया मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली बेबारीसे अवस्थामा रहेको अन्दाजी २० कार्टुन तेल र ४० के.जी. रंग लगायतको सामानको बरामद गरेको प्रहरीले जनाएको छ । यस्तै गरी इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले बुधबार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १ बेलहियाबाट ४५ हजार मुल्य बराबरको बिद्युतको सामान बरामद गरेको छ ।

यस्तै गरी वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बुधबार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ९ को वडा कार्यालय नजिक सार्बजनिक स्थानबाट बेवारिसे अवस्थामा रहेको एक लाख ५ हजार मुल्य बराबरको तीन हजार गोटा कुखुराको चल्ला बरामद गरेको छ । यस्तै गरी प्रहरी चौकी शिवपुर गोनाहाबाट खटिएको प्रहरी टोलीले मंगलबार मायादेवी गाउँपालिका वडा नंम्बर ६ खजुरीयाबाट १२ हजार ८ सय मुल्य बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ । भारतवाट चोरी पैठारी गरी ल्याईरहेको अवस्थामा खाने तेल २९ लिटर र चिनि २ बोरा बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै गरी अस्थायी प्रहरी पोष्ट रमवापुरबाट खटिएको प्रहरी बुधबार कोटहिमाई गाउँपालिका वडा नंम्बर २ भसिहवाबाट एक लाख १७ हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको जनाएको छ । भारतबाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको अबस्थामा १८ कुन्टल प्याज बरामद गरेको जनाएको छ ।

यस्तै गरी अस्थायी प्रहरी पोष्ट ड्राईभरटोलबाट खटिएको प्रहरी टोलीले बुधबार तिलोत्तमा नगरपालिका वाड नम्बरं ४ पुरानो सडक बाट तीन लाख २४ हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको छ । भारत बाट अबैध रुपमा लु ४ प ८३३१ र लु १० प २४१२ नंम्बरको मोटरसाइकलमा ल्याउदै गरेको अन्दाजी ४ क्विन्टल प्याज बरामद गरेको जनाएको छ ।
जिल्लाको बिभिन्न स्थानबाट बरामद भएको अबैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-२० , समय : १९:१२:३९ , ७ महिना अगाडि