रुपन्देही खबर , २९८ पटक हेरिएको
भैरहवा, चैत्र ३
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २ लाख ५३ हजार रुपैया बराबरको सामान नियन्त्रणमा लिएको जनाएको छ । जिप्रका रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको सामान चेकजाच गर्ने क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले शुक्रबार मर्चवारी गाउँपालिका वडा नंम्बर ६ बाट एक लाख मुल्य बराबरको ५ वटा खसि बोका बरामद गरेको जनाएको छ । यस्तै गरी ईलाका प्रहरी कर्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले शनिबार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १ वाईपासबाट ८हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको जनाएको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको १२ पिस कोका कोला, १०० थान कापी, पापड १२ प्याकेट, हैपी बिस्कुट ८ प्याकेट, चिनी २५ किलो नियन्त्रणमा लिएको हो ।
यस्तै गरी ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंम्बर १३ कालिदहबाट २८ बोरा प्याज र ५५ किलो माछा बरामद गरेको जनाएको छ । प्याज र माछाको मुल्य ४४ हजार ५ सय ५० रहेको प्रहरीले जनाएको छ । यस्तै गरी प्रहरी चौकी शिवपुर गोनाहबाट खटिएको प्रहरी टोलीले शुक्रबारमायादेवी गाउँपालिका वडा नंम्बर ५ बाट ८ बोरा अबैध प्याज बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको प्याजको मुल्य २० हजार रुपैया बरावरको रहेको प्रहरीले जनाएको छ ।
यस्तै गरी प्रहरी चौकी मर्यादपुर, रम्वापुर, पिप्रहवा र खैरेनीबाट खटिएको प्रहरी टोलीलेशनिबार जिल्लाको बिभिन्न स्थानहरुबाट ४० हजार ५ सय रुपैया बराबरको ४४ पिस कुखुरा , ३० किलो माछा बरामद गरेको जनाएको छ । यस्तै गरी प्रहरी चौकी दुबेथुमुवाबाट खटिएको प्रहरी टोलीले शनिबार सम्मरीमाई गाउँपालिका वडा नंम्बर ३ बाट २० हजार रुपैया बराबरको लेडिज कुर्ता सुरुवाल ४० बरामद गरेको जनाएको छ ।
यस्तै गरी प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरी शनिबार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ११ छोटकी प्रिपैयाबाट २० हजार रुपैया मुल्य बराबरको ६ बोरा अबैध प्याज बरामद गरेको जनाएको छ ।
प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट २ लाख ५३ हजार रुपैया मुल्य बराबरको अबैध सामानहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय बेलहिया तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०३-१६ , समय : २२:२४:४७ , ८ महिना अगाडि