nandu kawar , १७४ पटक हेरिएको
सुनवल, चैत ३
श्री ज्यामिरे सामुदायिक बन उपभोक्ता समुह सुनवल ७ नवलपरासीले वन डढेलो नियन्त्रण टोलबस्ती तथा बिद्यालय स्तरमा सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । श्री ज्यामिरे सामुदायिक बन उपभोक्ता समुह सुनवल ७ नवलपरासीका अध्यक्ष टिचन गुरुंगको अध्यक्षता तथा सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कमल परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
हिउदे समय सुरु भएसंगै बन जंगलमा डढेकोको जोखिम रहने भएकाले डढेलो नियन्त्रणका लागी टोलबस्ती तथा बिद्यालय स्तरमा सचेतनात्मक कार्यक्रम आयोजना गरेको अध्यक्ष गुरुंगले बताउनु भएको छ । उहाले घाँसेमैदान र वासस्थान व्यवस्थापनका लागि व्यवस्थित रूपमा डढेलो लगाउने गरे पनि झाडी भयो भनेर आफ्नो सहजताका लागि लगाइने डढेलोले समस्या पार्ने गरेको बताउनु भएको छ । उहाले स्थानीयस्तरमा जनतालाई सचेत बनाउँदै अग्नि नियन्त्रणका लागि स्थानिय पनि सचेत रहनुपर्नेमा जोड दिनु भएको छ । वस्तुभाउ चरिचरणका निम्ति र वनभोज खान वनक्षेत्रमा जाने र सोही अवस्थामा मानिसले हेलचेक्राइँ गर्नाले बढी मात्रामा डढेलो र आगलागीका घटना हुने गरेको अध्यक्ष गुरुंगको भनाइ छ ।
यस्तै गरी सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कमल परियारले वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँग समन्वय गरेर काम गर्दै आएको बताउनु भएको छ । उहाले उपभोक्ताको प्रत्यक्ष संलग्नतामा संरक्षणका कार्यक्रम ल्याइँदा बढी प्रभावकारी हुने उहाँले बताउनुभएको छ । सालका रुख हुने वनक्षेत्रमा डढेलोको जोखिम बढी हुने गरेको उहाँले बताउनुभयो । उहाले भन्नु भयो यो समय भनेको नै जंगलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्काल नियन्त्रण र रोकथामका लागी बिभिन्न सामुदायिक बनहरुमा उत्तरदायी टिमहरु गठन गरेका छौ उहाले भन्नु भयो, डढेलो लागेको थाहा पाउने बित्तिकै उक्त टिमले नियन्त्रणका लागी काम गर्छ । उहाले बनजंगलमा डढेलो नलगाउन आग्रह समेत गर्नु भएको छ ।
ज्यामिरे सामुदायिक बन उपभोक्ता समितीका पुर्व अध्यक्ष राधा खडकाको स्वागत मन्तब्य रहेको कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ७ का ओमप्रकाश चौधरी, ज्यामिरे टोल बिकास संस्थाका सचिव खुम बहादुर ठाडा, ज्यामिरे आमा समुहका अध्यक्ष गिता पौडेल आचार्य, ज्यामिरे बाल क्लब संस्थाका अध्यक्ष सुशान्त गैरे लगायतको सहभागिता रहेको रहेको थियो । नवलपरासीमा ६३ वटा सामुदायिक बन रहेका छन ।
प्रकाशित मिति: २०२४-०३-१६ , समय : २०:५४:०५ , ९ महिना अगाडि