रुपन्देहीबाट ३ लाख ३३ हजार भन्दा बढीको अबैध सामान बरामद

रुपन्देही खबर , ३३३  पटक हेरिएको

भैरहवा, फागुन २९

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३ लाख ३३ हजार ८ सय ५० रुपैया बराबरको अबैध सामान बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ४ सुगरमिलबाट ६९० किलो प्याज बरामद गरेको छ । भन्सार छली लैजादै गरेको अवस्थामा बरामद गरिएको प्याजको मुल्य ३४ हजार ५ सय रुपैया रहेको प्रहरीले जनाएको छ ।

यस्तै गरी जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं. ७ अमवाबाट ९८ हजार २ सय रुपैया मुल्य बराबरको अबैध सामान बरामद गरेको जनाएको छ । भन्सार छली अबैध रुपमा लु ४७ प ५८७५ नम्बरको मोटरसाईकलमा लैजादै गरेको रेडवुल २ कार्टुन, सरफ १ बोरा., मसला १ कार्टुन , मिट मसला १ कार्टुन, मच्छर धुप १ कार्टुन, चिनी ५० किलो , प्याज ५० किलो लगायत का सामान बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै गरी जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहीणी गाउँपालिका वडा नंम्बर ०६ बोदवारबाट यु पि ५३ वाई ३६२१ नम्बरको मोटरसाईकलमा ल्याउँदै ६४ हजार मुल्य बराबरको २८ पिस बोईलर कुखुरा बरामद गरेको जनाएको छ । बरामद भएको बोइलर कुखुरालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै गरी ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपलिका वडा नं. ०६ शिवपुर गोनाहाबाट लु ३ प ९३८७ नम्बरको मोटरसाइकलमा लैजादै गरेको ४६ पिस बोईलर कुखुरा नियन्त्रणमा लिएको जनाएको छ । बरामद भएको बोईलर कुखुरा ७५ हजार मुल्य बराबरको रहेको र आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाईन कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै गरी ईलाका प्रहरी कार्यालय कदमहवाबाट खटिएको प्रहरी टोलीले कोटहिमाइ गाउँपालिका वडा नं. बाट अबैध सामान बरामद गरेको छ । भन्सार छली गरी ल्याउदै गरेको लेडिज चप्पल २०६ जोर, जेन्स चप्पल १९ जोर र बच्चाको चप्पल ६० जोर गरी २८५ जोर ४२ हजार ७ सय ५० रुपैया बराबरको चप्पल नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै गरी प्रहरी चौकी दुबेथुमुवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका वडा नं. ५ तरैनि बाट अबैध कपडाहरु बरामद गरेको छ । १९ हजार ४ सय मुल्य बराबरको लेडिज कुर्ता १८ थान, पर्दा ११ थान नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०३-१२ , समय : ०९:५६:१३ , ९ महिना अगाडि