नेपाल युवा परिषदद्वारा बाकेमा प्रदेश युवा सम्मेलन

ज्ञानेश्वर उपाध्याय , ४८१  पटक हेरिएको

बाके,फागुन २४

नेपाल युवा परिषद लुम्बिनी प्रदेशले बाकेमा युवा सम्मेलन सम्पन्न गरेको छ । यहि फागुन २० गतेदेखि २२ गते सम्म संचालनमा भएको सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट करिब २०० भन्दा बढि युवाहरुको सहभागीता रहेको थियो । लुम्बिनी प्रदेश संयोजक सोम गुरुङ्गले युवाहरुलाई स्वरोजगार तर्फ अग्रसर गराई , हरेक नेतृत्व वर्गमा युवा आउनुपर्ने बताउनु भएको छ । उहाले जलवायु परिवर्तन ,कला संस्कृतिको जगेर्ना गर्दै कृषि ,पर्यटन ,प्रबिधिमा समेत चौतर्फी बिकासमा अहम भुमिका निर्वाह गर्ने र दिगो बिकासको लक्ष्यमा युवाहरुमार्फत स्थानिय निकायमा शसक्तीकरण अभियान संचालन गर्ने बताउनु भएको छ । उहाले प्रादेशिक कार्ययोजना निर्माण गराउने उद्देश्य सहित नेपाल युवा परिषद लुम्बिनीले काम गर्दै आएको बताउनु भएको छ ।

लुम्बिनी प्रदेश संयोजक सोम गुरुङ्गको सभापतित्व तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । सम्मेलनमा नेपाल युवापरिषदका केन्द्रिय अध्यक्ष सरोज बानिया, लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

युवा सम्मेलनमा कोहलपुर नगरपालिका, बैजनाथ गाउपालिका, डुडुवा गाउपालिका, जानकी गाउपालिका, बास, ड्ब्यु डब्यु एफ ,एनसेल ,खल्ती,कोकाकोला लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोग रहेकोे थियो ।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : ०९:४१:५८ , ९ महिना अगाडि