मायादेवी ६ दुर्गाैलियामा प्रहरीचौकी हाटीबनगाईको उदघाटन

उर्मिला यादव यात्री , ३६७  पटक हेरिएको

भैरहवा, फागुन २४

रुपन्देहीको मायादेवी गाउपालिका वडा नम्बर ६ दुर्गौलियामा नवनिर्मित प्रहरीचौकी हाटीबनगाईको उदघाटन गरिएको छ । १ करोड ८२ लाख ६७ हजार ८० रुपैयाको लागतमा निर्माण भएको अत्याधुनिक भवनको एक कार्यक्रमका बिच बुधबार लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले उदघाटन गर्नु भएको हो ।

भवनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री पाण्डेयले भौतिक पुर्वाधारको राम्रो ब्यवस्थाबाट प्रहरी कर्मचारीहरुमा काम गर्ने उर्जा र हौसला थपिने बताउनु भएको छ । उहाले शान्ति सुरक्षा कायम गर्न प्रहरीको महत्वपुर्ण भुमिका रहने हुदा प्रहरीलाई शान्ति सुरक्षा संगै नागरिक मैत्री सेवा प्रदान गर्न आग्रह गर्नु भएको छ । उहाले आम नागरिकले पनि प्रहरीको साथ दिएमा मात्र समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने भएकोले एक अर्का बिच सहकार्य गर्न आग्रह गर्नु भएको छ । प्रदेश सरकारको सहयोगमा बनेको यो चौकी जस्तै प्रदेशका अन्य स्थानमा प्रहरी चौकीहरुको निर्माणमा सरकार प्रतिवद्ध रहेको उहाले बताउनु भएको छ ।

उहाले अबको बिकास रुपन्देहीको मर्चवारमा गर्नुपर्ने बताउनु भएको छ । उहाले अन्य क्षेत्र जस्तै अब मर्चवारको बिकास गर्न आवश्यक भएकोले मर्चवारलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न आवश्यक रहेको जोड दिनु भयो ।


यस्तै कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले प्रहरी भनेको नै आफनो लागी नभइ अर्काको लागी चिन्ता लिएर काम गर्न सक्ने हुुनुपर्ने बताउनु भएको छ । उहाले हरेक परिस्थितीमा काम गर्ने प्रहरी नै भएकोले गर्दा आम नागरिकको सेवा प्रदान गर्ने सिलसिलामा प्रहरी ब्यवसायिक दृष्टिकोणले सुन्दर बन्नुपर्ने बताउनु भयो ।

उहाले अबको प्रहरी धेरै रुपमा परिर्वतित हुन जरुरी रहेको बताउदै काम गर्दै आम नागरिकको मनमा बस्ने जरुरी रहेको उल्लेख गर्नु भयो । उहाले प्रहरी कर्मचारीले मान्छे कमाउन नजाने सम्म अपराध अनुसन्धान सफल हुन नसक्ने र शान्ति सुरक्षा कायम गर्न नसक्ने बताउनु भएको छ । उहाले प्रहरी चौकी नै स्थानियको शान्ति सुरक्षाको लागी भएकोले यसको संरक्षण जनताले गर्नुपर्ने र प्रहरीलाई समय समयमा घचघचाइ रहनु पर्ने बताउनु भएको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्राबिधिक प्रहरी नायब उपरीक्षक रोशन सारु मगरले भवन निमार्ण सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रहरी चौकी निमार्णका लागी जग्गा दान गर्ने रामबृक्ष यादव, रामनारायण यादव, नाथुथापा मगर लगायतलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।


भवन उदघाटन कार्यक्रममा प्रदेश सभा सदस्य वसिउद्दिन खाँन, पूर्वराज्य मन्त्री ओमप्रकाश यादव (गुल्जारी), रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धु्रब बहादुर कुवर, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-०७ , समय : ०६:४५:१८ , ८ महिना अगाडि