मायादेवीमा दादुरा रुवेला खोप अभियान यहि फागुन २० देखि संचालन हुने

उर्मिला यादव , ७१५  पटक हेरिएको

भैरहवा, फागुन १४

मायादेवी गाउपालिकाले दादुरा रुवेला खोप अभियान २०८०,८१ पालिका स्तरीय खोप समन्वय समिती र पत्रकारहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउपालिका भित्र रहेका ९ महिना देखी १५ बर्ष भित्रका सबै बालबालिकाहरुलाई शतप्रतिशत खोप लगाउने उदेश्यका साथ दादुरा रुवेला खोप अभियान संचालन गरिएको मायादेवी गाउपालिका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरीले जानकारी दिनु भएको छ । उहाले मायादेवी गाउपालिका भित्र फागुन २० गते देखि २४ गते सम्म पहिलो चरणमा खोप अभियान संचालन हुने बताउनु भयो ।

नेपाल सरकारले प्रतिबद्धता गरे अनुरुप २०२६ सम्म दादुरा रुवेलालाई निवारण गर्दै शुन्यमा झार्ने र दिगो बिकास २०३०को लक्ष्य अनुरुपका कार्यक्रमहरु संचालन गर्ने, जसको लागी दादुरा रुवेलालाई निवारण गर्ने एउटा मात्र अस्त्र खोप भएकोले यसको निवारण गर्ने लक्ष्यका साथ ब्यवस्थित तरिकाले खोप लगाएर बालबालिकालाई पुर्ण रुपमा खोपबाट सुरक्षित गर्ने र यसलाई नियन्त्रण गर्नका लागी पालिकामा कोही पनि दादुरा रुबेलाको संक्रमित नहोस भन्ने उदेश्यले यो पालिकाबाट दादुरा रुवेला निवारण गर्नका लागी अभियान सम्पन्न गर्न गैरहेको चौधरीले बताउनु भएको छ । यसमा सहयोगी संघसंस्था, बिभिन्न निकायहरु संग समन्वय गरेर काम गरेको बताउनु भयो । पालिका भित्र रहेका बिद्यालयहरुलाई खोप केन्द्र बनाएर कक्षा एक देखि कक्षा १० सम्पुर्ण बिद्यार्थी लगायत ५ बर्ष भन्दा माथिका बिद्यालय नजाने बालबालिकाहरुलाई समेत बिद्यालयमा बोलाएर खोप लगाइने जानकारी दिनु भयो । उहाले ५ बर्षका मुनिका बालबालिकाहरु खोपबाट बन्चित भएमा यसलाई पहिचान गरी खोपकेन्द्र मार्फत नै खोप प्रदान गरिने बताउनु भयो ।

उहाले मायादेवी गाउपालिका भित्र रहेका १६ हजार भन्दा बढी बालबालिकाहरुलाई ४४ वटा खोपकेन्द्र मार्फत खोप लगाइने बताउनु भयो । उहाले दादुरा रुपन्देहीमा नदेखिए पनि छिमेकी जिल्ला कपिलबस्तुमा २३ जनामा देखिएकोले रुपन्देही पनि जोखिममा पर्न सक्ने भएकोले यो अभियान संचालन गरिएको बताउनु भयो । उहाले स्वास्थ्यकर्मि, खोप लगाउने स्वास्थ्यकर्मि, बिद्यालयका प्रधानअध्यापक देखि यसमा सहयोग गर्ने जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका लगायतलाई अभिमुखीकरण गरिएको बताउनु भयो । यस्तै जिल्ला स्वास्थ्य कार्यालयबाट प्रचार सामाग्री प्राप्त भएको बताउदै उहाले अब घर घरमै निमन्त्रणा दिने काम गर्ने बताउनु भएको छ ।

९ महिना देखि १५ बर्ष सम्म बालकालिकाहरुलाई दादुरा रुबेला रोगबाट जोगाउन अनिवार्य रुपमा खोप दिईने मायादेवी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताउनु भएको छ । उहाले पालिकामा करिब १६ हजार ६ सय ८४ जना बालबालिका रहेको बताउदै शत प्रतिशत बालबालिकाहरुलाई खोप दिने प्रयास रहने बताउनु भएको छ ।

अभियान अन्र्तगत लक्षित उमेरका बालबालिकाहरुलाई दादुरा रुबेला खोप लगाएर उक्त रोग बिरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरि रोग संक्रमण हुन सक्ने सम्भावनालाई न्यूनिकरण गर्ने लक्ष्य रहेको छ । यस्तै सोही अवधिमा ५ बर्ष मूनिका बालबालिकाहरुको नियमित खोपको अवस्था पहिचान गरेर छुट नियमित खोपको मात्रा लगाउन सहजीकरण समेत गरिने पन्थले बताउनु भयो ।

तराईका जिल्लाहरु दादुराको जोखिममा धेरै रहेको र यसबाट ज्यान समेत जान सक्ने भएकोले यसबाट जोगिन अभियानमा सबैलाई साथ दिन मायादेवी गाउपालिका स्वास्थ्य शाखा नर्सिंग निरिक्षक शर्मिला शर्माले अनुरोध गर्नु भएको छ । उहाले अन्य पालिकामा फागुन १३ गतेदेखी यो अभियान संचालन भए पनि मायादेवी गाउपालिकाका वडाहरुमा नियमित खोपहरु संचालन भएकोले समयमै सुरु गर्न नसकिएको बताउनु भएको छ । उहाले दादुराको खोप ९ महिना पुरा भएपछि लगाइने बताउदै अर्काे खोप १५ महिना पुरा भएर लगाउने गरेको बताउनु भएको छ । उहाले बिद्यालय नजाने उमेरका तथा अन्य पालिकाका बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई अभिभावकले बिशेष ध्यान आग्रह गर्नु भएको छ । उहाले

उहाले सरकारले दादुरा रुबेला रोगलाई सन २०२६ सम्म निवारण गर्ने लक्ष्य सहित दादुरा रुबेला खोप अभियान सञ्चालन गरिएको बताउनु भएको छ । उहाले यो खोप गर्भवती महिला, एचआइभी संक्रमित ब्यक्ति , किमो थेरापी गरेका ब्यक्ति र ज्वरो आएका बालबालिकाहरुलाई ज्वरोको समयमा लगाउन नमिल्ने बताउनु भयो । मायादेवी गाउपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको दादुरा रुवेला खोप अभियान २०८०,८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको अध्यक्षता गाउपालिका का प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-२६ , समय : २३:०८:४० , ९ महिना अगाडि