श्रीसतिया इंगलिस स्कुलको १७ औं वार्षिकोत्सव समारोह सम्पन्न

रुपन्देही खबर , २९८  पटक हेरिएको

भैरहवा, फागुन १३

ओमसतिया ५ पटखौलीमा अवस्थित श्री सतिया इंगलिस स्कुलले १७ औं वार्षिकोत्सव एवम अभिभावक सम्मान समारोह सम्पन्न गरेको छ । विद्यालयका संस्थापक कमलेश हरिजनको अध्यक्षता तथा ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि ओमसतिया गाउँपालिकाका अध्यक्ष यादवले ओमसतियाले शिक्षा क्षेत्रमा लगानी गर्ने उदेश्यका साथ काम गर्दै आएको बताउनु भएको छ । उहाले गाउँपालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालय समेतले शिक्षामा योगदान पुर्याएको भन्दै प्रशंसा समेत गर्नु भएको थियो । प्राविधिक युगमा प्राविधिक शिक्षामा नीजि तथा सामुदायिक विद्यालय अग्रसर भएर अघि बढनु पर्ने यादवको भनाइ छ ।
कार्यक्रममा विशिष्ट अतिथि तथा प्याव्सन ओमसतिया गाउँपालिकाका इकाई अध्यक्ष राजकुमार गुरुङ्ले सरकारको दृष्टिकोण नीजि विद्यालय तथा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टि समान हुनु आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि तथा ओमसतिया गाउँपलिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेलले विद्यार्थी अङ्ग्रेजी बोल्दैमा राम्रो पढाई छ भन्ने अभिभावक ढुक्क हुनु नपर्ने बताउदै जवसम्म विद्यार्थीमा राम्रो व्यवहारको विकास हुदैन तबसम्म राम्रो बिद्यार्थी उत्पादन गर्न नसकिने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा बिद्यालयमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थी तथा विभिन्न खेलमा अग्रस्थान हासिल गरेका विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मानपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा बिद्यालयका बिद्यार्थी, शिक्षक, बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारी तथा सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन गुडड्डु हरिजनले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-२५ , समय : १३:०९:०९ , १ वर्ष अगाडि

error: कोपि गर्न पाइदैन