राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समिति लुम्बिनीको दोस्रो बैठक सम्पन्न

पार्वती थारु , ३०४  पटक हेरिएको

मंगलापुर,फागुन ६

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समिति लुम्बिनी प्रदेशनं ५(लुथम) को दोस्रो बैठक पार्टी कार्यलाय तिलोत्तमा ९ मंगलापुरमा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष झम बहादुर गुरुङको अध्यक्षतामा बसेको नियमति बैठकको दोस्रो बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरुले विभिन्न विषयबस्तुमा आ आफ्ना विचार प्रस्तुत गरेका थिए । पदाधिकारी तथा सदस्यहरुले राखेको विचारलाई मुल्यांकन गर्दै समितिका अध्यक्ष गुरुङले ती विषयबस्तु माथि प्रकाश पार्दै वोल्ने सिपको पनि विकास हुन आवश्यक रहेको बताउनु भएको थियोे । साथै उहाले थोरै समयमा गहन र सान्दर्भिक तथा तार्किक कुरा कसरी वोल्नुपर्छ भनेर दिशानिर्देश गर्नु भएको थियो । नागरिक समक्ष बोल्दा कुनै पनि विषयको सुरुवात, मध्य र अन्त्यको शिलसिलालाई मिलाएर सम्बोधन गर्दै बोल्नु पर्ने भन्दै सबैलाई आग्रह गर्नु भयो । यसै गरी उहाले आफुले लिएको नेतृत्वलाई गहन र क्रियाशील भएर निभाउनु पर्ने बताउनु भयो ।

राष्ट्रिय जनमुक्ति पार्टीको जनता जागै अभियान अब सशक्त ढंगले लैजानुपर्ने बताउनदै आ आफ्नो कामलार्य दत्त चित्त भएर गर्न अग्रह गर्नु भयो । प्रदेश परिचालन समिति लुम्बिनी प्रदेशनं ५(लुथमसम्पन्न बैठकमा समितिका वारिष्ठ उपाध्यक्ष लिलमाया राना, उपाध्यक्ष रेखाप्रसाद चौधरी,उपसचिव लिलबहादुर दर्लार्मी, उपसचिव दिल माया गुरुङ , कोषाध्यक्ष धनिसरा थापा दर्लामी, सह कोषध्यक्ष ओम प्रकास वि.क., सुचना विभाग प्रमुख पार्वती थारुको सहभागीता रहेको थियो यस्तै प्रदेश सदस्यहरु,श्याम वहादुर थापा, वणर् वहादुर राना, निल बहादुर झेंडी, खिमा कुमारी राना, निर्माला थापा, मन वहादुर पुन, रन बहादुर थापा, टेक वहादुर गुरुङ, मधु सारु, आन वहादुर सोती , राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही जिल्ला अध्यक्ष प्रम वहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

बैठकबाट राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समिति लुम्बिनी प्रदेश नं ५(लुथम)को सदस्य पदमा नवलपरासी जिल्लाका रन बहादुर थापा र सुस्ता गाउपालिका २ का रुपा हरिजन लाई सर्वसम्मतिले मनोनित गरेको छ । समितिका अध्यक्ष झम बहादुर गुरुङको अध्यक्षतामा बसेको दोस्रो बैठकको समितिका सचिव चित्र प्रसाद गुरुङले सन्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-१८ , समय : ०५:४५:५८ , १० महिना अगाडि