रुपन्देही खबर , ३४६ पटक हेरिएको
भैरहवा, फागुन ५
महिलालार्ई लगानी, घर घरमा उद्यमी भन्ने मुल नाराका साथ रुपन्देहीको भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन २०८० सम्पन्न भएको छ । महिला उद्यमीको बिकास, बिस्तार एवम प्रवद्र्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुरयाउने उदेश्यले आयोजना गरिएकोे सम्मेलनमा महिला उद्यमशिलता र नतिजा, बित्तिय पहुच, पर्यटनका सम्भावना र चुनौती, युवा महिला, स्टार्टअपका लागी गरिएका पहल साथै भएका ब्यवस्था लगायतका ५ बिषयमा बिज्ञहरुसंग छलफल गरि १० बुंदे निष्कर्ष सहितको सुझाव तयार पारि सम्बन्धित निकायहरुमा प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ । कार्यक्रमको संयोजक समेत रहनुभएकी नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठले सम्मेलनमा महिला उद्यमशीलता नीति र नतिजा, वित्तीय पहुंच, बजारको पहुँच, पर्यटन सम्भावना र चुनौति एवं स्टार्ट अपका सम्भावना लगायत मुख्य पाँच बिषयमा छलफल भएको बताउनु भएको छ ।
२ दिनको छलफलमा महिला उद्यमशीलताका लागि दिइदै आएको सहुलियतपूर्ण कर्जा रोकिएकोमा उक्त कर्जा पुन सुचारु गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंक लगायतका निकायको ध्यानकर्षण गराई कार्यान्वयन गर्न पहल गर्ने निष्कर्ष निकालिएको छ । यस्तै सम्मेलनले महिला उद्यमशीलता लक्षित नीतिहरु कार्यान्वयनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र महासंघको संजाल मार्फत तिनै तहका सरकारमा निरन्तर पैरवी निष्कर्ष निकालेको श्रेष्ठले बताउनु भयो । घरेलु, साना तथा मझौला उद्यमहरुको दर्ता र नविकरण धेरै निकायमा गर्नुपर्ने वाध्यता भएको सन्दर्भ एउटा निकायमा मात्रै दर्ता गर्न सक्ने व्यवस्था गर्न सबै सरकारको ध्यानाकर्षण गरि कार्यान्वयनको जोडदार माग गर्ने सम्मेलनको निष्कर्ष रहेको छ । यस्तै उद्यमी महिलाहरूलाई आफ्नो व्यवसायमा अझै सबल बनाउन महिला उद्यमशीलता विकास कार्यक्रमलाई सीप विकास एवं उद्यमशीलता प्रवद्र्धन सम्बन्धि कार्यक्रमहरूमा थप सक्रियतापूर्वक आबद्ध निर्णय गरिएको उहाले बताउनु भएको छ ।
सम्मेलनमा ७ वटै प्रदेशका महिला उद्यमीहरुको अर्थपुर्ण सहभागिता रहेकोले सिधा संवाद हुन सकेकोले महासंघले आयोजना गरेको पहिलो कार्यक्रममै धेरै कुरा सिक्ने अवसर मिलेको उहाले जोड दिनु भयो । महिला उद्यमीका समस्या, गुनासो, चुनौतीको बिषयमा प्रत्यक्ष रुपमा बृहत छलफल गरी निष्कर्ष निकालिनुका साथै महिला तथा पुरुषको ज्याला समान बनाउन पनि माग गरिएको छ । अन्तराष्ट्रिय उदाहरण र देशमा विद्यमान नीतिगत तथा व्यवहारिक अवस्थाको आँकलन गरी महिला र पुरुषको ज्याला समान बनाउन उचित नीति नियम निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्ने र त्यसको लागि नीति निर्माता र व्यवसायीहरूसँग निरन्तर संवाद गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ ।
महिला उद्यमीहरूका उत्पादन प्रवद्र्धन र बजार बिस्तारमा सघाउने उद्देश्य सहित बाहै्र महिना उपलब्ध हुने गरी तिनै तहमा प्रदर्शनी÷बिक्री स्थलको व्यवस्थाका लागि पहल गर्ने तथा उपलब्ध त्यस्ता स्थानहरूलाई सुधार गर्दै लैजान प्रोत्साहित गर्ने निष्कर्ष छ । महिला उद्यमीका लागि उपलब्ध सेवा–सुविधाहरूका बारेमा जानकारी दिन एकद्वार प्रणाली कायम गर्ने समेत सम्मेलनको निचोड रहेको छ । महिला उद्यमीहरुहरुलाई अगाडी ल्याउन उनिहरुका लागि स्टार्टअप अनुदानको व्यवस्थाका लागि संघीय तथा प्रदेश सरकारहरूसँग माग गर्ने सम्मेलनको निष्कर्ष छ । निष्कर्षमा सबै प्रदेशमा स्टार्टअप इन्कुबेसन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्नुका साथै वित्तीय संस्थाहरूसँग पनि महिला उद्यमीहरूको लागि सहुलियतपूर्ण स्टार्टअप ऋणका लागि संवाद गर्ने समेत छ ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गैरहेको सन्दर्भमा महिला उद्यशिलतामा पर्नसक्ने प्रभाव न्युनिकरणका लागि विशेष पहल आवश्यक भएको सम्मेलनका वक्ताहरुले जोड दिएका थिए । यसै सन्दर्भमा महिलाको उद्यमशीलता र रोजगारीमा पर्ने नकारात्मक प्रभाव कम गर्न अध्ययन अनुसन्धान, रणनीति तयार पार्नुका साथै विशेष कार्यक्रम घोषणा गर्न सरकारसंग पैरवी गर्ने सम्मेलनको निष्कर्ष रहेको छ । साथै दिगो विकास लक्ष्य हासिल गर्न महिलाहरुलाई समेटनु पर्ने बिषयमा सम्बन्धित निकायहरुमा पहल गर्ने निष्कर्ष समेत सम्मेलनको छ ।
लघु, घरेलु, साना एवं मझौला उद्यमका उत्पादनको बजारीकरणका लागि आवश्यक नीतिगत सुधारका लागि महासंघले सरकारसँग निरन्तर पहल पैरवी गर्ने । बजारीकरणका लागि डिजिटल प्रविधिको थप प्रयोग गर्दै स्मार्ट उद्यमी बन्न महिलाहरूलाई विभिन्न कार्यक्रमका लागि पहल गर्ने निष्कर्ष सहित सम्मेलन शनिबार सम्पन्न भएको छ ।
प्रकाशित मिति: २०२४-०२-१७ , समय : १९:३४:३२ , ९ महिना अगाडि