सरावलमा भूमिहिन दलित,सुकुम्बासी र अव्यवस्थितहरूलाइ निस्सा वितरण

रुपन्देही खबर , ३०४  पटक हेरिएको

नवलपरासी, फागुन ४

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितहरूलाइ निस्सा वितरण गर्न सुरु गरिएको छ। बिहिबार सरावल गाउँपालिका वडा नम्बर १ मा राष्ट्रिय भूमि आयोग नवलपरासी पश्चिमले निस्सा वितरण गरिएको हो । वडा नं. १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा एवं गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतित्थ्यतामा निस्सा वितरण गरिएको हो । सरावलमा हाल सम्म ७ वटै वडा बाट जम्मा ३ हजार १ सय ७ जान भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थितहरूको फर्म दर्ता रहेको गाउपालिका अध्यक्ष चौधरीले बताउनु भयो । जसमा जम्मा ४२५ जना भुमिहिन दलित\भुमिहिन सुकुम्वासी र जम्मा २,६८२ जना अब्यवस्थित बासोबासी रहेका छन ।

आयोगले केहि दिन अगाडि वडा नं. ३ मा निस्सा वितरण गरेको थियो । जसमा वडा नं.३ मा २४ जना भुमिहिन दलित, २३ जना भुमिहिन सुकुम्बासी र २०९ जना अव्यवस्थित बसोबासीहरु गरि कुल वडा नं. ३ मा २५६ जनालाई निस्सा वितरण गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।

बिहीवार भने वडा नं. १ मा ४९ जना भुमिहिन दलित, १ सय जना भुमिहिन सुकुम्वासी र ५ सय ७० जना अव्यवस्थित बसोबासी गरि कुल ७ सय १९ वटा निस्सा वितरण गरिएको छ । लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निशा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको चाडै नै बाकि वडामा पनि निस्सा वितरण गरिने बताउदै अध्यक्ष चौधरीले केहि दिनमै वडा नं.५ र ६ मा निस्सा वितरण गरिने जानकारी समेत उहाँले दिनु भयो ।

सो अवसरमा राष्ट्रिय भूमि आयोग नवलपरासी पश्चिमका अध्यक्ष देवराज भण्डारी,सरावल गाउँपालिका उपाध्यक्ष वास‌मती हरिजन,आयोगको सदस्य लक्ष्मी भुसाल, त्यस्तै सरावल गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डेय, वडा नं.१ को सचिव सरस्वती शर्मा, वडा सदस्यहरु बुधन चौधर, गोरे राना मगर, शोभा देवी चौधरी, शान्ती कुमारी हरिजन लगाएतको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन सरावल गाउँपालिकाका भूमि व्यवस्थापन इकाइ प्रमुख राजन बस्यालले गर्नु भएको थियो।

प्रकाशित मिति: २०२४-०२-१६ , समय : ०७:०९:१८ , ९ महिना अगाडि