दाङमा प्रहरी सहायक हवलदारले गरे आफ्नै श्रीमतीको हत्या

सन्ताेषकुमार गुप्ता, , २८९  पटक हेरिएको

दाङ,फागुन ४

प्रहरी सहायक हवलदारले बिहिवार आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)मा कार्यरत सहायक हवलदार यमबहादुर झाँक्रीले वडा प्रहरी कार्यालय घोराही(दाङ) मा कार्यरत प्रहरी जवान आफ्नै श्रीमती धनमाया थापा मगरलाई पेस्तोल प्रहारगरी हत्या गरेका हुन् ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ ।

सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।

प्रकाशित मिति: २०२४-०२-१६ , समय : ०६:३५:४१ , ८ महिना अगाडि