शिद्धेश्वर लालकुमारी मावि बुटवलमा सरस्वती मूर्तिको प्राण प्रतिष्ठा गरियो

मन्जु गुरुङ , १४०  पटक हेरिएको

बुटवल, फागुन ३

शैक्षिक क्षेत्रमा उत्कृष्ट हासिल गर्दै बुटवल उपमहानगरपालिका वडा वडा नंम्बर ७ मा अवस्थित शिद्धेश्वर लालकुमारी माविमा बुधबार विद्याकी देवी सरस्वतीको पूजा आराधना, मूर्तिको प्राण प्रतिष्ठा र अक्षरारम्भ गरिएको छ। सम्पूर्ण विद्यार्थी र विद्यालय परिवारका लागि सरस्वती माताको कृपाले‌ सबैलाई ज्ञान र सद्वुद्धि प्राप्त होस् भन्ने मनोकामनाका साथ सरस्वतीको पूजा आराधना गरिएको शिद्धेस्वर लालकुमारी माविका प्राचार्य दिनानाथ गिरीले बताउनुभएको छ । पूजामा विद्यालयका विद्यार्थी , शिक्षक शिक्षिका, प्राचार्य , विद्यालय व्यवसथापनका अध्यक्ष लगायत अन्य पदाधिकारी र शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो।

पूजामा सहभागि भएका विद्यार्थीले सरस्वती पूजा तथा वसन्त पन्चमीको शुभकामना आदानप्रदान सँगै प्रसाद ग्रहण गरेका थिए। विद्यार्थीहरुले कार्यक्रममा सहभागि हुँदा सरस्वती माताको कृपाले‌ आफूलाई ज्ञान मिल्ने विस्वासका साथ पूजामा सहभागि भएको बताउँदै आफूले अध्ययन गरिरहेको विद्यालयको निकै सुन्दर, शान्त र अध्ययन गर्न मन लाग्ने वातावरण रहेको बताएका छ्न । सरस्वती पूजा तथा वसन्त पन्चमीको शुभकामना आदानप्रदान तथा प्रसाद वितरणमा विद्यालयका प्राचार्य दिनानाथ गिरीले विद्यालयको शैक्षिक स्तरोन्नति गरि शैक्षिक गुणस्तरका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिएको बताउँदै ४ सम्मका विद्यार्थी लाइ स्मार्ट टि भी बाट सिकाइने र ५ बाट माथिका विद्यार्थी हरुलाइ प्रोजेक्टरबाट सिकाउने काम भैरहेको विद्यालयका प्राचार्य गिरीले बताउनु भएको छ । उहाका अनुसार बिद्यालयले राष्ट्पति रनिङशिल्डमा कराते, रनिङ, ज्याब्लिङ , जम्पिङ, हाइजम्प गरि ५ वटा मेडल प्राप्त गरेको छ ।

विद्यार्थीहरुलाई प्रविधिमैत्री वातावरणमा अध्यापन गराउनु का साथै विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापनका लागि आवश्यक भौतिक संरचनाको निर्माण र विद्यार्थीहरुको शैक्षिक स्तरोन्नतिका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गरिएको विद्यालय व्यवस्थापनका अध्यक्ष सागर प्रसाद न्यौपानेले बताउनुभएको छ । विद्यार्थीलाई सुन्दर र शान्त वातावरणको साथसाथै विद्यालयको शैक्षिक र भौतिक विकासका लागि विभिन्न कार्ययोजना सँगै कार्यन्वयन भईरहेको उहाँले बताउनुभयो विद्यालयमा करिब ४१५ विद्यार्थीहरु तथा भु पु विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०२-१५ , समय : १०:३९:३२ , ९ महिना अगाडि