उर्मिला यादव यात्री , ५५० पटक हेरिएको
भैरहवा , जेठ २८
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयाेजना तथा सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा पत्रकार महिलाहरुका लागि विकास, सुशासन र समावेशीता सम्बन्धि दुइ दिने पत्रकारिता तालिम बिहीवार बुटवलमा सम्पन्न भएको छ ।
दुइ दिन सम्म संचालन भएको तालीममा युवराज कंडेलले बिकास र सुशासनको बारेमा सहजीकरण गर्दै बिकासमा बेथिती, हचुवामा बिकास र हतारो कामले गर्दा पनि सोचे अनुरुप बिकास हुन नसकेको बताउनु भएको छ । उहाले बिकास गर्नका लागि दीर्घकालीन र सकारात्मक सोच राख्नु पर्नेमा जोड दिनु भएको छ ।
उहाले बिकासमा देखिएका बेथितिहरुको बारेमा पत्रकारले आवाज उठाउनु पर्ने बताउनु भएको थियो । बिकास र सुशासन साइकलका दुइ पांग्रा भएकोले यिनलाइ समान गति र एकै लयमा दौडाउनको लागि मिडियाले कुशल चालकको भुमिका खेल्नु पर्ने बताउनु भएको छ ।
यस्तै गरी कार्यक्रममा सहभागी ६ जिल्लाका पत्रकार महिलाहरु संग भेटघाट गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले लुम्बिनी प्रदेशलाइ संचारको हब बनाउन आधार शिलाको रुपमा पत्रकारहरुले भुमिका खेल्न सक्ने भएकोले सोहि अनुरुप कार्य गरिने बताउनु भएको छ ।उहाले प्रदेश सरकारले संचार संस्थामा बिमा कार्यक्रम लगायत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिमहरु पनि ल्याएको बताउनु भएको छ ।
देशको हरेक परिवर्तनमा सञ्चारक्षेत्र जनचेतनाको सम्बाहकको रुपमा काम गर्ने भएकोले समाज रूपान्तरणमा यसको अहम भूमिका रहेको बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेशमा भएका संचार संस्थाहरुले नव प्रतिभालाइ ढोका खोल्न मद्दत गर्ने समेत उल्लेख गर्नु भयो । उहाले आगामि बर्ष प्रदेशमा मात्र नभएर पालिका स्तरमा पनि पत्रकारहरुको तालिमको लागि बजेट ब्यवस्थापन गरिएको समेत बताउनु भएको छ ।
यस्तैगरि सन्चारिका समुह नेपालको पुर्व अध्यक्ष तथा बरिस्ठ पत्रकार निर्मला शर्माले स्थानीय तहको काम , कर्तव्य र अधिकार लगायतको विषयमा जानकारी दिदै बिकासमा समाबेशिता विषयमा सहजीकरण गर्नु भएको थियो ।
तालिममा सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोलले कार्यक्रमको सहजीकरण गर्दै पत्रकारिता क्षेत्रमा समस्या मात्रै नभई सम्भावना र अवसरहरू पनि धेरै भएको बताउनु भएको थियो ।
६ जिल्लाका पत्रकार महिलाहरुको सहभागीता रहेको तालिम प्रयोगात्मक र प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यसैगरी प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्न महिला पत्रकारहरुले आग्रह गरेका थिए । तालिममा ५२ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-०६-११ , समय : २२:०२:४५ , २ वर्ष अगाडि