नेपाल प्रहरी श्रीमती संघद्धारा भैरहवामा निशुल्क स्वास्थ्य शिविर,३ सय ५ जनाले सेवा लिए

रुपन्देही खबर , २६३  पटक हेरिएको

भैरहवा, माघ २५

नेपाल प्रहरी श्रीमती संघ काठमांडौले बिहिबार रुपन्देहीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेको बिभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीहरुलाई लक्षित गरि सामान्य चिकित्सा, स्त्रीरोग, नाक, कान घाँटी तथा दन्तरोग सम्बन्धि सेवा प्रदान गरिएको छ । कामकै कारण अस्पताल जान नसकेका र समाजका चुनौतीको सामना गर्दागर्दै प्रहरीले आफ्नै स्वास्थ्यको ख्याल नगर्दा गम्भिर स्वास्थ्य सम्बन्धि समस्या देखिएकोले निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुंवरले बताउनु भएको छ ।

प्रहरी कर्मचारीहरुले समाजमा पु¥याएको योगदानको लागि मौखिक प्रंशसा र कृतज्ञता भन्दा पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउदै कुंवरले यस्ता स्वास्थ्य सेवाले प्रहरीहरुको सेवाको सम्मान साथै स्वास्थ्य प्रहरीबाट जिवन्त प्रहरी सेवाको सुनिश्चितता हुने बताउनु भएको छ । उहाले प्रहरीको स्वास्थ्य प्रहरीकै लागि मात्र नभई उनिहरुले सेवा पु¥याउने समाजको लागि पनि महत्वपूर्ण रहेको बताउदै स्वस्थ प्रहरीले मात्र प्रभावकारी ढङ्गबाट आफ्नो सेवा प्रवाह गर्न सक्ने भएकाले सुरक्षित समाजको लागि यसको महत्व अझै बढेको कुंवरको जिकिर बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कामको दबाबमा रहेका प्रहरीलाई शरीरको अवस्था हेर्ने समय नहुने भएकोले स्वास्थ्य शिबिर आवश्यक भएकोले यस्ता कार्यक्रमको आयोजनाले प्रहरीलाई आफ्नो शारिरीक र मानसिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने बताउनु भएको छ । कार्यक्रममा रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर वि.क.ले कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरले स्वास्थ्यलाई कायम राख्न तथा सुधार गर्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले यस्ता शिबिर आवश्यक भएको बताउनु भएको थियो । “हाम्रो जस्तो देशमा प्रहरी कर्मचारीको काम शारीरिक रूपमा मात्र होइन मानसिक र भावनात्मक रूपमा पनि तनाव हुने प्रकृतिको रहेको छ,” वि.क.ले भन्नु भयो ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा प्रहरीका बिभिन्न तहका गरि करिब ३ सय ५ जनाले सेवा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले जानकारी दिनु भएको छ । स्वास्थ्य शिविर अघि नेपाल प्रहरी श्रीमती संघले रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा खाद्यन्न एवम स्टेशनरी सामाग्री समेत वितरण गरेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायत, नेपाल प्रहरी श्रीमती संघकी प्रदेश अध्यक्ष निलम कडायत, गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक माधव प्रसाद श्रेष्ठ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका वरिष्ठ प्रहरी उपरिक्षक दिपक कुमार बस्नेत लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०२-०८ , समय : १९:४४:५८ , १० महिना अगाडि