सदुपयोग सहकारीको १२ औं स्थापना दिवस, सहकारी शिक्षा तालिम सम्पन्न

रुपन्देही खबर , १८२  पटक हेरिएको

तिलोत्तमा,माघ २४

सदुपयोग बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा २ रुपन्देहीले सहकारीको १२ औं स्थापना दिवसको अवसरमा एक दिने सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीका सदस्यहरुको कार्यक्षमता र कार्यदक्षता बृद्धि गर्नका लागि सहकारी सस्थाले तालिमको आयोजना गरेको हो ।

सहकारी शिक्षा तालिमक उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका सहकारी शाखाका पुर्व प्रमुख कृष्ण पान्डेले तालिमले सहकारीका सदस्यहरुको व्यक्तित्व विकास हुनुको साथै कार्यक्षमता तथा कार्यदक्षताको विकास सङ्गै आइपर्ने समस्या समाधान गर्ने क्षमताको विकास हुने बताउनु भयो । उहाले सहकारीको सदस्य बन्दा स्थानिय स्तरमा दर्ता भएका सहकारीमा मात्र बन्न र बाहिरी जिल्ला बाट आएका सहकारीको सदस्य नबन्न सुझाव दिनु भयो ।

सदुपयोग सहकारीका अध्यक्ष कमल अर्यालले सहकारीका शेयर सदस्यहरुलाइ समयानुसार नया नया प्रविधिहरुको प्रयोग गर्दै बैज्ञानिक विश्लेषणात्मक दृष्टिकोण राख्न सक्ने वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयो । सहकारीका पदाधिकारी , कर्मचारी तथा सदस्यहरु प्रशिक्षित भइ कार्यक्षमता अभिबृद्धि गरेमा मात्र संस्था संचालनमा सहजता आउने र सहकारी क्षेत्रको भविश्य समेत उज्वल हुने आवश्यक्ता महशुस गरेर सहकारीले पहिलोपटक तालिमको आयोजना गरेको अध्यक्ष अर्यालले बताउनु भयो ।
कार्यक्रममा सहकारी सस्थाका सल्लाहकार कर्ण बहादुर टन्डन, गोपाल कार्की, खिमानन्द भट्टराई, कालिका अधिकारी, उपाध्यक्ष नारायणी शर्मा, सचिव प्रकाश चापागाइ, सदस्य राधिका बश्याललगायतले बोल्दै तालिममा सिकेका कुराहरुलाइ ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
सहकारी सस्थाका ४० जना महिला सदस्यहरु सहभागी रहेको सहकारी शिक्षा तालिममा सहकारी प्रशिक्षक मुकुन्द ज्ञवालीले सहकारिका पदाधिकारी, सदस्य, शेयर सदस्य तथा ब्यास्थापकको काम, कर्तब्य, दायित्व र अधिकार लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२४-०२-०७ , समय : १९:५२:३७ , १० महिना अगाडि