श्री मातेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारण सभा सम्पन्न

रामभवन मौर्या , ८७८  पटक हेरिएको

मर्चवार, माघ २४

श्री मातेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मर्चवारी २ को दोस्रो साधारण सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमिरका प्रसाद मौर्याको अध्यक्षता तथा मर्चवारी २ का वडाध्यक्ष शशिदयाल चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा आइतबार सम्पन्न भएको हो ।

साधारण सभाको उदघाटन गर्दै मर्चवारी २ का वडाध्यक्ष चौधरीले यो सहकारीले जनताको हकहितमा कार्य गर्दै आएको र यो किसानहरुको लागि हुनुपर्ने बताउनु भएको छ । उहाले सहकारी संस्थाहरुले गरिब किसानको पक्षका लागि उनीहरुलाई ऋण दिने, तालिम दिने, कृषिमा देखिएका समस्याहरु समाधानका लागि हुनुपर्ने बताउनु भएको छ ।

श्री मातेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य नन्दकुमार यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा श्री नवदेबी बहुउद्देश्यीय सहकारी सस्थाका सचिव राम रतन बिश्वकर्मा, श्री दिब्या बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष राम बहाल बरइ लगायतले बोल्दै सस्थामा भएका गतिबिधीहरु पारदर्शी भए मात्र सहकारीले सोचे अनुरुप कार्य गर्न सकिने जोड दिनु भएको थियो ।

कार्यक्रममा यस सहकारी सस्थाका ब्यवस्थापक राम दास मौर्याले सस्थामा भएको वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीमा भएका कमी कमजोरीलाई सुधार गर्दै संस्था अगाडी बढेको बताउनु भएको थियो ।भने कार्यक्रम संचालन राम भवन मौर्याले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-०७ , समय : ०९:१४:१७ , ९ महिना अगाडि