‘समुदायमा कांग्रेस अभियान’सफल बनाउन भैरहवामा छलफल

रुपन्देही खबर , २२४  पटक हेरिएको

भैरहवा, माघ १५

भोलि देखि सुरु हुने ‘समुदायमा कांग्रेस’ अभियान सफल र प्रभावकारी बनाउन नेपाली कांग्रेस सिद्धार्थनगरले आज एक कार्यक्रमका बिच छलफल गरेको छ । नेपाली कांग्रेसको भोलि देखि अर्थात माघ १६ गतेदेखि २६ गते सम्म हुने ‘समुदायमा कांग्रेस’ अभियान सफल र प्रभावकारी बनाउनका लागि छलफल गरिएको हो । नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्काको सभापतित्व तथा नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीका क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा अभियान बारे छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेता गुरुङ्गले १० दिने कार्यक्रम अन्तर्गत अभियानको पहिलो दिन माघ १६ गते शहिद दिवसका दिन शुरु भई यहि माघ २६ गते स्व. नेता सुशील कोइरालाको स्मृति दिवसको अवसर पारेर समापन हुने बताउनुभएको छ । उहाले यो अभियान देशको ६७४३ वटा वडाहरुमा एकै साथ सञ्चालन हुने र यसले समुदायका सबै पक्षलाई समेटी समाजमा काङ्ग्रेस प्रतिको दृष्टिकोण, धारणा, आशा, गुनासो, सुझाव लिएर भोलिका दिनमा पार्टीलाई थप प्रभावकारी र सशक्त बनाएर अघि बढन् योगदान दिने बताउनु भएको छ ।


समयानुकुल केन्द्रिय प्रतिनिधिको रुपमा पार्टीका पुर्व उपसभापति विमिलेन्द्र निधि, केन्द्रिय सदस्य चन्द्र के.सी., प्रदेश सभापति अमरसिंह पुनको समुपस्थितिमा हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन नेपाली कांग्रेस सिद्धार्थनगर अन्तर्गतका १३ वटा वडाहरुले यस अवधिमा विभिन्न रचनात्मक तथा श्रृजनात्मक कार्यक्रमहरु क्रमिक रुपमा आयोजना गर्नेछ । छलफलमा नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, सि.न.पा. वडा नं. १ का सभापति मोहनसिंह शाही, वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, वडा नं. ५ का सभापति केशव गुप्ता, वडा नं. ६ का सभापति राम बहादुर गुरुङ्ग, वडा नं. ७ का सभापति भविलाल पौडेल, वडा नं. ८ का सभापति टंक ज्ञवाली, वडा नं. ९ का सभापति श्याम सुन्दर खनाल, वडा नं. ११ का सभापति केदारनाथ कुर्मी, वडा नं. १२ का सभापति हरिराज विष्ट, वडा नं. १३ का सभापति प्रकाश बहादुर सिंह खड्का, वडा नं. ३ का सचिव रवि श्रेष्ठ, वडा नं. १२ का सचिव राम प्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाली कांग्रेस सिद्धार्थनगरका उपसभापति किरण घिमिरेको स्वागत तथा नगर सचिव अनिल कुमार के.सी.कोे संचालनमा भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२९ , समय : १९:१४:१९ , १० महिना अगाडि