उर्मिला यादव , ७५१ पटक हेरिएको
भैरहवा, माघ १३
गोपाल सेवा समिती रुपन्देहीले ब्युटिसियन क्षेत्रमा राष्ट्रिय अर्वाड २०२३ बाट सम्मानित सप्तरीकी अनिता यादवलाई सम्मान गरेको छ । समितीले भैरहवामा आज एक कार्यक्रमको आयोजना गरी यादव कुलबाट यादव समुदायको पहिचान राष्ट्रिय स्तरमा चिनाएको भन्दै सम्मान गरेको हो ।
सम्मान कार्यक्रमको उदघाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानले यादव समुदाय पिछडिएको समाज भने पनि पछिल्लो समय यो समुदायबाट महिलाहरु अगाडी बढेको र आफनो समुदायको नाम रोशन गरेको बताउनु भएको छ । उहाले यादव समुदायबाट प्रतिनिधित्व गर्दै राष्टिय स्तरमा आफनो पहिचान बनाउनु गौरवको बिषय भएको बताउदै अझै अगाडी बढनलाई प्रेरणा समेत प्रदान गर्नु भएको थियो ।
उहाले सप्तरी क्षेत्रको यादवलाई रुपन्देहीमा सम्मान गर्नु एकदमै उदाहरणीय कार्य भएको बताउनु भएको छ । उहाले समुदायमा रहेका बिभिन्न समस्याहरुलाई समाधान गर्दै हातेमालो गरेर अगाडी बढेमा समुदाय बिच एकता कायम हुने बिश्वास ब्यक्त गर्नु भएको थियो । उहाले यादव समुदाय शिक्षा लगायत अन्य क्षेत्रमा पनि अगाडी बढेकोले पहिला भन्दा अहिले धेरै परिर्वतन भएको उल्लेख गर्नु भयो ।
गोपाल सेवा समिती रुपन्देहीका उपाध्यक्ष रामदेव यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा सियारी गाउपालिका वडा नम्बर ३ का पुर्व वडाध्यक्ष घिसन यादव, राष्ट्रिय अर्वाड २०२३ बाट सम्मानित सप्तरीकी अनिता यादव, गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन गोपाल सेवा समिती रुपन्देहीका सचिव उमाशंकर यादवले गर्नु भएको थियो । सम्मान कार्यक्रम गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-२७ , समय : २२:४६:५० , १० महिना अगाडि