राष्ट्रिय सभा निर्वाचन ःलुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

रुपन्देही खबर , २५८  पटक हेरिएको

दाङ, माघ ११

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन । बिहीबार भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा ५ हजार ४३५ मतभारसहित निर्वाचित भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनु भएको छ । उहाले नेकपा एमालेकी तुलसाकुमारी केसीलाई पराजित गर्नु भएको हो । केसीले २ हजार ८६७ मतभार प्राप्त गर्नु भएको थियो । महिला कोटामा राप्रपाबाट उम्मेदवार विजयालक्ष्मी सिंहले २५० मतभार प्राप्त गर्नु भएको छ ।

अन्य कोटामा नेकपा माओवादी केन्द्र का उम्मेदवार झक्कु सुवेदी निर्वाचित हुनु भएको छ । सुवेदी ५ हजार ४३५ मतभारसहित विजयी हुनु भएको छ भने उहाका प्रतिस्पर्धी नेकपा एमाले का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले ३ हजार ३९ मतभार प्राप्त गर्नु भएको थियो । यस्तै गरी जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय ५० मतभार प्राप्त गर्नु भएको थियो भने । १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेश सभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३०५ मतमध्ये ३०३ मत खसेको थियो ।

प्रकाशित मिति: २०२४-०१-२५ , समय : २०:३७:२६ , १० महिना अगाडि